जवाफ चाहियो हामीलाई

हे नेपाल चलाउन शासकहरु,

तपाँईहरुले शासन चलाएको अब केहि समय भो। कोई कोईको त ५,१० ,१५, २० बर्ष नि भैसक्यो कि? त्यसैले तुरुन्तै, हामी नेपाली जनतालाई केहि प्रश्नका जवाफ चाहियो।

  • यदि ३ वा ४ जनाले नै सबै कुरो मिलाउने हो भने ६०१ सभासद को के काम त ?
  • नेपालमा उर्जाले देशको बिकास हुन्छ भनेर चिच्चाउछौँ। अरु देशलाई बेचेर कमाऊछौँ भने आस्वाशन दिन्छौ। तर किन त्यहि जलबिधुत उद्दोगहरुलाई दु:ख दिन्छौ ? लाईसेन्स राज चलाएर भागबन्डा गर्छौ?  अबको जाडोमा फेरि १४ देखि १६ घण्टाको लोडसेडिङ् खेप्नु त हामी जनताले?
  • किन लोकतन्त्र र प्रजातन्त्रको कुरा गर्छौ जब किन आफ्नै पार्टीमा आफ्नो सभासदलाई संसदमा तपाँईले भने भनेकै कुरामा मात्र सहमत हुनैपर्ने विप जारी गर्छौ? जनताले चुनेको मान्छे आफुखुसी भोट हाल्ने अधिकार किन खोस्छौ संसदमा ?
  • किन ‘युवा भनेको देशको भविश्य हो’ भन्दै भाषण छाँटछौँ जब कि सर्वबिधित छ ‘हामी युवा यस देशको वर्तमान हौँ ‘? ( ८२% प्रतिशत नेपालीहरु ४० बर्ष भन्दा मुनिका छौँ )
  • किन अरु देशसगँ हात जोडेर भिख माग्छौँ अनि बैदेशिक हस्तक्षेप नै चाहाँदैनौ भनेर नारा लगाँउछौ ? ( एक तिहाई नेपाली अर्थतन्त्र बैदेशिक सहायतामै चल्छ)
  • किन बागमती गनाएर देशको लाज बनेको छ जब कि बिगतका २५ बर्षमा सयौँ संस्था र कयौँ सरकारी संस्था त्यसलाई सफा गर्न लाग्या छन् अनि अरबौँ खर्च गरेका छन्?
  • किन पारसदर्शिताको कुरा गर्छौ जब कि आफै लुकाउछौ आफ्नो पार्टी चलाउने स्रोत वा कसबाट चन्दा लिनु हुन्छ, कसरी त्यो पजेरो चढ्नुहुन्छ र ति कार्यकर्ताहरुलाई पाल्नु हुन्छ?
  • किन आफुले चलाएका सरकारले  बाहिर गएर काम गर्ने स्वभलम्बी नेपालीहरुलाई मान्छे गन्दैनौ? उनीहरुले पठाएका पैसाले नै यो नेपाली अर्थतन्त्र धानेको छ अहिले। ( पासपोर्ट लिनेको लाईन देख्नु भा छ? बाहिर जाने, आउने कामदारहरुको बिमानस्थलमा हने बेईज्जती, लुट्ने प्रवृति भोग्नु भा छ?
  • किन १२०० नेपालीहरु लुखुरलुखुर दिनहुँ बाहिर अरबमा काम गर्न जानु पर्ने बाध्यता छ जब कि छिमेकी भारत र चीन चाहिँ बर्षको १०% ले फडको मार्दैछन् र देश फर्किएर आएका छन्?
  • किन यत्रो आन्दोलन गरेर आउनु भो त यदि गाँस, बास र कपास भन्ने नाराहरु कुनै भित्तामा सिमित राख्ने हो भने ? महँगी खेप्नुभाछ?  हरेक बर्ष १० प्रतिशत भन्दा बढिको दरले आकाशिदै छ
  •  अब तपाँईहरु नै किन चाहियो त हामीलाई, भन्नुहोस है, किन ?

धन्यवाद है, यी प्रश्नको उत्तरहरु दिनु हुन्छ भने अपेक्षा गर्दै

…………………………
एक नेपाली (आफ्नो नाम यहाँ लेख्नुहोस)

यदि तपाँईको पनि आफ्ना प्रश्नहरु छन् भने, तल लेख्नुहोला। 
धन्यवाद।