देश भक्ति के होला ? थाहा भएन मलाई ।
तर देश भक्ति के चाहिँ होइन त, यो ब्याख्खा गर्न आँट्छु ।
- यति थाहा भयो कि देश भक्ति भन्या मार्कसवाद, पुजीवाद, राजावाद, मावोवाद ,जातिबाद, धर्मवाद, अधिनायकवाद कुनै पनि सिद्धान्त होइन रहेछ।
- आफ्नो हक हित खोज्दा अरुको चाँहि छिनिन्छ कि छिनिन्न मतलबै नराखनु पनि होइन रहेछ ।
- आफ्नो हक मात्र खोज्ने र आफ्नो हिनताबोध बिर्सने पनि होइन रहेछ देश भक्ति।
- अरुले गु खायो भन्दैमा आफुले गु खानु पनि होइन रहेछ।
- आफु र आफ्नो घर आँगनको मात्र मतलब गरेर बस्ने पनि होइन रहेछ देश भक्ति।
- रिसको झोँकमा मनपरि गरेर ठुलो हुने प्रबिति पनि होइन रहेछ ।
- अरु कोहि आएर यो ठाँऊ बनाई दिई हाल्छ नि भन्ने आकाशे खेती सोच राखनु पनि होइन रहेछ ।
- पुर्खाको “बीरताको” आड लिएर आफुलाई बीर ठान्नु त झन के होला र ?
- चुपचाप बसेर सहँने अनि आफुलाई अति धैर्यवान ठान्नु पनि होइन कि ?
तपाईँको बिचारमा देश भक्ति के होला ?