तयार छौँ? नेपाल विश्वको केन्द्रविन्दुमा पर्दैछ।

दुई पृथक र शक्तिशाली छिमेकाका बीचमा नेपालले आफ्नै सम्भावनाहरुलाई परिपूर्ति गर्न सहि नीति, रणनीति वा मार्ग खोज्नै पर्छ। २१ शताव्दीमा नेपाल विश्वकै केन्द्रविन्दुमा पर्ने ३ प्रबल सम्भावनाहरुका बारेमा यहाँ विश्लेषण गर्न चाहेँ। यहि सम्भावनाहरुलाई समाधान दिने मार्ग, नीति र रणनीति बनाउन सके हाम्रो देश शान्त, समृद्ध र सार्वभौम रहनसक्छ भन्ने हाम्रो विश्वास हो। यी ३ सम्भावनाहरु हेर्दा अबको नेपाल विश्वको केन्द्रविन्दुमा पर्दैछ।

guru nation

पहिलो – नेपाल आर्थिक रुपमा विश्वको एक केन्द्रविन्दु: विश्वको दुई सबैभन्दा ठूला अर्थतन्त्रहरुका बीचमा रहेर पनि हामी खाली परनिर्भर अर्थतन्त्र बनिराख्ने कि हाम्रो लाहुरमुखी समाजलाई उद्यमशील समाज बनाई उत्पादनमुखी दिगो अर्थतन्त्र बनाउने नीति लिई अघि लम्कने? समवृद्धिमुखी वातावरणको लागि दिगो (स्वतन्त्र, स्वच्छ, जिम्मेवार) बजार र यो सापेक्ष नीति र नेतृत्व बनाउन तर्फ लाग्ने बेला हो यो। अब पनि यहि लूटतन्त्रलाई (सिन्डिकेट, अस्वस्थ्य, दोहनकारी प्रतिस्पर्धा) प्रोत्साहन दिई राख्ने कि उदार (उन्नत) लोकतन्त्रका मूल्य-मान्यतालाई आत्मसात् गरी संघीयताको मर्म अनुसार हरेक नेपालीले उपभोग गर्न चाहेको “समतामूलक वृद्धि” अर्थात् “समवृद्धि”लाई प्रोत्साहन गर्ने?

दोस्रो: नेपाल पर्यावरणीय परिवर्तनमा विश्वको एक केन्द्रविन्दु,: नेपालभरि फैलिएको हिमाली क्षेत्रलाई तेस्रो ध्रुव भनिन्छ, उत्तरी र दक्षिणी ध्रुवपछि।  किनकि यो यस वरिपरि बस्ने झण्डै १ अर्ब मानिसको लागि अपार खानेपानीको स्रोत हो। मानव जातिको इतिहास

Continue reading तयार छौँ? नेपाल विश्वको केन्द्रविन्दुमा पर्दैछ।


नेपाल ३ किसिमबाट विश्वको केन्द्रविन्दु बन्दैछ

जुलाई २०१९ मा स्टान्भोर्ड विश्वविधालयमा फेलोसिप गर्दा मैले केहि अनुभूति बाँडेको थिएँ विश्वभरिबाट आएका लोकतन्त्रीक नेतृत्व र अभियानकर्ता र विश्वका अग्रणी अनुसन्धानकारहरु।
यसो ६ मिनेटको सानो भिडियो हेर्नुहोला (अंग्रजीमा)।
In July of 2019 I gave a short (6 min 30 sec talk) at Stanford University on Nepal’s potential to be in the center of the world in 3 areas (along with my past, present experiences). Have a look and send me feedback !
This was given to democratic leaders and activists from all around the world, leading 21st century democracy researchers and teachers.


विवेकशीळ नेपालीको अध्यक्ष पछिको मेरो भावी भूमिका

नमस्ते विवेकशील नेपालीका सदस्य तथा शुभचिन्तक सहयात्रीहरु,
समय आएको छ, आफूले लिदैँ आएको विवेकशील नेपाली दलको अध्यक्षको भूमिका आगामी राष्ट्रिय सम्मेलनपछि नयाँ नेतृत्वलाई हस्तान्तरण गर्नको लागि। विगत ८ वर्ष अगाडि शुरु भएको विवेकशील नेपाली अभियान र दललाई नेतृत्व गर्दै आएको सन्दर्भमा आफूले लिएको पद र यसले बोकेको भूमिकालाई अझ थप उर्जा र सिर्जनशीलता बोकेका नेतृत्वमा हस्तान्तरण गर्नुपर्ने आवश्यकता मैले आभास गरेकोछु।  विभिन्न उतारचढावका बाबजुद अझ सक्षम र अझ उत्कृष्ट नेतृत्वले दल र राष्ट्रलाई विवेकशील नेतृत्व प्रदान गर्न सक्छ भन्ने कुरामा म निर्धक्कै छु। यसो फर्केर हेर्दा हामी माझ खारिइरहेका उर्जावान र उत्कृष्ट नेतृत्वहरुले दशकौँसम्म नेपाली समाज रुपान्तरणमा महत्वपूर्ण भूमिकाहरु खेली नै रहनेछन् भन्ने कुरामा पनि म विश्वस्त नै छु।

यो दस्तावेजको सम्झिन मिल्ने छोटो लिंक: bitly.com/ujwaltransition

लोकतन्त्रमा पदीय भूमिका जसलाई आम रुपमा शक्ति भनिने गरिन्छ, त्यो हस्तान्तरण गर्नु पनि एक सुन्दर पक्ष हो जुन हामी सबैले समय सापेक्ष रुपमा गर्नु नै पर्छ। अहिलेसम्म भएका अनेकौँ उपलब्धीहरु र भूलहरु गर्दै हामी यहाँ आइपुगेका छौँ। नेतृत्वको नियमित फेरबदलले हामीले आत्मसात् गरेको मूल्य मान्यता, लोकतन्त्र र राष्ट्र रुपान्तरणको हाम्रो लक्ष्यलाई नै टेवा दिन्छ भन्ने विश्वास पनि बोकेको छु। मैले आशा गरेको छु अब आउँदो नेतृत्वहरुले विवेकशील नेपाली दल र त्यसका अभियानहरुलाई अझ बलियो बनाउँदै लानुहुनेछ। अबका जुझारु

Continue reading विवेकशीळ नेपालीको अध्यक्ष पछिको मेरो भावी भूमिका


सार्वभौम सदस्य, सेवक नेतृत्व

सुसंस्कृत राजनीतिका लागि ६ सांगठानिक नवीनताहरु:

दल बने त देश बन्छ, होईन र? दल लोकतान्त्रिक नभए के देश विधिको शासनमा चल्ला? दल भित्र संस्कार नरहे के देशलाई सुसंस्कारयुक्त बनाउलाँ सकिएला? २१ औँ शताव्दी अनुरुपको लोकतन्त्र धान्ने राजनीतिक दल नै कसरी चल्नु पर्छ, के कुरालाई महत्व दिनुपर्ला? कस्तो नेतृत्व चुन्ने ( र फिर्ता बोलाउने) प्रणाली राख्नु पर्ला?

विगतका केही महिनादेखि देशको लागि चाहिने राजनीतिक दलको संरचनामा चाहिएको २१औँ शताव्दी समयसापेक्ष सुधार, आधुनिकरण र संघीयकरण तर्फको सुधारमा हामी अत्यन्त व्यस्त रहेका छौँ। यसै अनुरुप रोल्पाको लिवांगमा भर्खरै विवेकशील नेपाली दलले राष्ट्रिय नीति सम्मेलनमा देशभित्र मात्र होईन, विश्वभरबाटै प्रत्यक्ष सहभागितामूलक लोकतन्त्रको उपयोग गरी सफलतापूर्वक निम्टाएको छ।

हामीले दलको संघीय संरचनालाई २१ सताव्दी लोकतन्त्र सापेक्ष बनाउन आधारभूत कैयौँ महत्वपूर्ण निर्णयहरु लियौँ जुन आगामी दिनमा देशभरिकै राजनीतिक र समाजिक संस्कार परिवर्तन गर्न एक कोशेढुंगा हुने विश्वास लिएका छौँ। साथै यस पद्धतिबाट आगामी कार्तिकमा दलभित्र उच्च नेतृत्वहरुलाई प्रत्यक्ष निर्वाचित गर्न जनकपुरमा राष्ट्रिय सम्मेलनका गर्ने जमर्को पनि लिएका छौँ।

 मूलत: तपाईं सामु हामीले गरिरहेका नेपालका लागि ६ नवीन लोकतान्त्रिक प्रयोगहरुबारे बताउन चाहेँ।

१) अब आधा आकास ओगेटेका महिलाहरूलाई पनि सम्मिलित गरी बनेको महिला-मैत्री दल: हामीले दलकै सबैभन्दा उच्चतम् नेतृत्व (पदाधिकारीहरु) मै कम्तीमा ५०% (आधा) महिला नेतृत्व सुनिश्चित

Continue reading सार्वभौम सदस्य, सेवक नेतृत्व


Trek to the base of the Fishtail Peak in Nepal (Mardi & Machhapuchhre hike)

As part of our family’s early plan to travel to the remote areas of Nepal once a year ( this brings us to understand Nepal more and encourages internal tourism too), this year our family headed to Mardi or Machhapuchhre mountain Trek.

This is a lovely trek that takes you along a walk atop literally  mountainous ridges full of rhododendron forests and few villages along the way back. This is one of the shortest treks you can do while enjoying the magnificent Himalayas including the Annapurna range. Specially for Nepali travelers this can be one of the treks to begin your wanderlust journey. And this is a good trek for a family with children to do too (except during snowy, rainy weather and the trek to the basecamp would need experienced guide as you pass through snow, cliffs and ice slippery slopes at times). For Nepali travelers, Rs 2,000 a day for room and board (breakfast, lunch and dinner) would be a good travel expense to carry.

Day 1: Kathmandu (1,300 m)  to Pokhara to Kande to Australian Camp (1,900 meters)

We traveled on Buddha Air to

Continue reading Trek to the base of the Fishtail Peak in Nepal (Mardi & Machhapuchhre hike)