हात्ती, बाघ, माछा र बाँदरको परीक्षामा सबैलाई अग्लो पीपलको रुख चढ्नु भन्यो भने को पहिलो होला? अवश्य, बाँदर नै पहिलो हुन्छ। नेपालको (उज्ज्वल भविष्यका लागि सही नेतृत्त्व रोज्ने प्रश्न पनि यस्तै किसिमको छ । कस्तो नेतृत्वले हाम्रै जीवनकालमा शान्त र समृद्ध नेपाल बनाउने सपना साकार पार्नसक्छ त?
– Read in English
हरेक राजनीतिक शक्तिको जन्म कुनै एक सपना साकार पार्ने उद्देश्यका साथ भएको हुन्छ । त्यसका लागि निश्चित मूल्य मान्यता, प्रणाली र संस्कृतिलाई अङ्गीकार गरिन्छ । त्यसको अभ्यास हुन्छ गरिन्छ र त्यही अभ्यास राजनीतिक शक्तिको डीएनए हो ।
काँग्रेस, एमाले र माओवादीको जन्म क्रमशः जहाँनिया राणा शासन, निर्दलीय पञ्चायती व्यवस्था र निरङ्कुश समताहीन शासनको अन्त्यका निमित्त भएको थियो । यी दलहरू तानाशाही ढाली लोकतन्त्र स्थापना गर्ने विशेष लक्ष्यका साथ उदाएका थिए भन्ने कुरो प्रष्ट छ जसमा उनीहरू सफल पनि भए । आज हामी दोबाटोमा छौँ, अल्मलिएका छौँ । यी दलहरूले बुझेको उही पुरानै बाटोमा अगाडि बढ्दा देश निरङ्कुशता र तानाशाहीतर्फ जान्छ जुन पछाडि फर्कने बाटो हो । अब अघि बढ्ने (उकालो लाग्ने?) बाटो लिन जरूरी छ । अघि बढ्ने बाटो हरेक नागरिकको समतामूलक समृद्धि सुनिश्चित गरी लोकतन्त्र संरक्षण गर्नु हो । त्यो बाटो लिन भिन्न
Continue reading कस्तो राजनीतिक डीएन्एले देशलाई समृद्ध बनाउँछ ? →