एउटा महारोग छ हाम्रा राजनितिक दल भित्र: ” सिधा
जवाफै नदिने । घुमाउनै पर्ने ”
उदाहरणको लागि
१) प्रश्न: अपराधीलाई किन संरक्षण दिनु भएको ?
उत्तर: अरुले गु खाएको चाहिँ देख्नु हुन्न? उनीहरुलाई गु नखा भन्नुस् न पहिले ! खाली
हामी पछि किन लाग्नु हुन्छ जहिले पनि? स्थितिले उत्पन्न गरेको छ यो।
(रणनिति: अरुले गरेको उस्तै नराम्रो उदाहरण तेर्साई अाफु पन्छिने)
२) प्रश्न: तपाईको पार्टीका सदष्यले किन कानुन हातमा लिनु भएको?
उत्तर: त्यहि त हेर्नुस् न के गर्ने, हाम्रै दल भित्र अनुशासनको कमी छ… मेरो मनको कुरो
तपाईले ठ्याक्क भन्नु भो !
(रणनिति: आफुलाई विवश देखाई अाफ्नै जिम्मेवारी र जवाफदेहिताबाट पन्छिने )
३) प्रश्न: तपाईँले बाचा गर्नु भए झैँ काम सक्नुहुन्छ त समयमै ?
उत्तर: हेर्नुस् हाम्रो कोशिश निरन्तर जारी छ – सबै मिले त यस्तो काम त तु… सकिन्छ
!
(रणनिति: प्रश्नलाई धमिल्याउन सफल हुने )
४) प्रश्न: तपाईले काम गर्न असक्षम हुने देखिन्छ त ?
उत्तर: हेर्नुस् काम त ९० % सक्कि-सक्यो ! तर केहि टाउकेले गर्दा रोकिएको हो !
(रणनिति: प्रमाण नभएको तथ्याङक अगाडि राखेर अनि अरुलाई मुल कारण बनाएर अाफु
राम्रो देखिने )
५) प्रश्न: तपाईले गर्नु पर्ने काम किन अहिले सम्म गर्नु भएन ?
उत्तर: अब चाँडै नै काम सकिन्छ, चिन्तै नमान्नु। सहमतिको पहल जारी छ ! तपाईको कुरा सुनेका
छौँ हामीले।
(रणनिति: अाश्वसन दिई दंग पार्ने अनि सजिलै अाफ्नो असक्षमता लुकाउने )
६) प्रश्न : तपाँईको दलले यस्ता भ्रष्टाचारीलाई किन पालेको?
उत्तर: मैले विशेष पहल गरेको छु हाई कमान्ड सँग। अनि लिखित बिरोध दर्ता पनि गरेको छु है !
जवाफ कुरी रहेको छु।
(रणनिति: अाफुले पहल गरेको तर अाफु भन्दा माथीका ले गर्नै नदिएको भनि अाफु जिम्मेवार
भएको देखाई साँच्चिको जिम्मेवारी /जवाफदेहिताबाट पन्छिने )
हाम्रो दरिद्रपणको जड यहि “सानो” मानिने राजनितिक कु-संस्कार मै छ। यसैबाट असक्षम नेताहरु हामी माथि राज गर्छन्, देश र हामीलाई गरिवै राख्छन्।
जान्याछन् हामीले उनीहरुको कुरा नपत्याए पनि पचाँउछौँ।
त्यसैले अाज देखि अाफ्नो नेताबाट सिधा जवाफ माग्ने परिपाटी शुरु गरौँ ! साँचो नेतृत्वले सिधै जवाफ दिन्छ।
साथीहरु, जबसम्म सिधा जवाफ खोज्दैनौ , सिधा जवाफ पाँउदैनौ !