एकचोटी सोच्नुहोस् त, तपाई आफुलाई नेपाली भन्दा के बुझ्नु हुन्छ?
“संयोगले म नेपालमा जन्मेको थिएँ त्यसैले म नेपाली हुँ ?”
के यत्ति हो त हाम्रो नेपालीपनको पहिचान? कहिल्यै हामीले नेपाली भनेको यति मात्र होईन होला जस्तो लाग्दैन? कहिल्यै आफुलाई नेपाली ‘भनेर’ मात्र होईन ‘बनेर’ देखाउनुपर्छ जस्तो लाग्छ?
लाग्छ भने अाउनुहोस् नेपाली बनेर देखाउनुहोस् । नेपाली बन्ने भन्या के होला भनि
सोच्नुहोला।
यी नेपालीपन झल्कने गूणहरु तपाईमा छन् भने म चाहिँ तपाईलाई नेपाली बनेको मान्दछु।
- “नेपाल हाम्रो घर हो, डेरा होईन” यो कुरा प्रश्ट बुझ्ने
- “धर्तीमा एक चोटी आएपछि केहि गरेरै जान्छु” भन्ने अठोट लिने
- राम्रो काम गर्ने जो कोहिलाई पनि तुरुन्तै धन्यवाद दिने
- “अहिले नगरे कहिले, मैले नगरे कसले” दिनहुँ यहि मन्त्र जप्ने
- दुष्टताको हाँगो भाच्नु सट्टा त्यस्को जरै उखेल्ने
- अरुले गु खायो भन्दैमा आफु पनि खान नलाग्ने
- ‘आफ्नो घर आफै सफा गर्नुपर्छ नत्र छिमेकी अाई अाफ्नै तरिकाले सफा गरिदिन्छन्” देशको यो यथार्थ छर्लंङ्ग बुझ्ने
- ‘यस्तै हो, के गर्ने ?’ यस्ता बिखालु बानीलाई ‘मेरो देश, मेरै जिम्मेवारी’ मा बदल्ने
- जवाफ पहिले आफैसँग माग्ने, अनि बल्ल अरु सँग माग्ने
- “बोलाई कम, गराई बढि” – आउँदो पुस्तालाई यहि मन्त्र सिकाउने
- राम्रो के-नराम्रो के ? यसको उत्तर आफ्नै अन्तरआत्माबाट पाउने
- लोभलाई जहिले पनि धैर्यले छोपी राख्ने। जिवन १०० मिटरको रेस होईन, यो त एउटा म्याराथन हो भन्ने बुझ्ने
- नराम्रो मान्छेलाई भन्दा नि नराम्रो कामलाई निमोठ्ने बानी बसाल्ने
- राम्रो गर्न चाहने कुनै पनि सन्जाललाई आँखा चिम्ली आफ्नो म:म खर्च दिने
- जीत-हारको वातावरणलाई जहिल्यै पनि जीत-जीतमा परिवर्तन गर्ने
- अाफुले गर्ने कामको श्रेय जोसुकैले पाअोस् – बाल मतलब दिने
- नेपाल बदल्नु भन्दा पहिले आफैलाई बदल्ने
- अन्तिममा बिकल्प कुर्दै बस्ने होईन आफै बन्ने हो ।
“आफुलाई नेपाली भन्ने साथी, मात्र नेपाली ‘हुनु’ र नेपाली ‘बन्नु’ मा नितान्त फरक छ।
त्यसैले साथी अब नेपाली
भनेरहोईन बनेर देखाम् !
🙂
One thought on “नेपाली भन्ने कि नेपाली बन्ने ?”