Accountability from leaders in Nepal /topics/accountability/ Sat, 22 Aug 2020 07:45:06 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.5 /wp-content/uploads/cropped-tumpak-whynepal-logo-e1363328285738-32x32.png Accountability from leaders in Nepal /topics/accountability/ 32 32 नेपालमा आँउदो संकट (कोरोना महामारीको दुई बर्ष भित्र) /change/post-corona-nepali/ Sat, 22 Aug 2020 12:42:00 +0000 /?p=15845 Read in English here

पहिलो कुरो – यी भविष्यवाणीहरू सत्य नबनून् – मेरो कामना यहि हो।

तर चुरो कुरो – “नेतृत्व भनेकै पूर्वतयारी हो“।
कोरोनाले थलो पारेको विश्वमा यी भविष्यवाणीहरुले उब्जाएको मुख्य प्रश्न नै यो हो “हामी कसरी यी आउनसक्ने अनर्थका तीता आँकलनसँग जुध्नको लागि तयारी गर्दछौँ त?” भविष्यको लागि कहिल्यै पनि राम्ररी तयारी गर्न नजानेका हामीले या त आउँदा विपतहरुका लागि पूर्व तयारी गरौँ वा युग नै अन्त्य हुनसक्ने विनाशकारी परिणाम भोगौँ। यदि नागरिकको हितको लागि कोही चिन्तित हुनुहुन्छ भने कृपया आजैदेखि रुपान्तरणकारी समाधानका पाटाहरु खोज्ऩ सुरु गरौँ ताकि यी भविष्यवाणीहरु गलत सावित होऊन् र त्यसका कारक तत्वलाई जरैदेखि उखेल्न सकियोस्। 

१. लोकतन्त्र:  नेपालमा अब हुने कुनैपनि निर्वाचनहरु न त स्वतन्त्र हुन्छ वा त निष्पक्ष नै।

भविष्यमा हुने कुनै पनि स्थानीय, प्रादेशिक र संघीय निर्वाचनहरुमा जित्ने उम्मेद्वारहरु त्यही शासक शोसक वर्गको छत्रछायाँ र चाकडीका भरमा मात्र चुनिन्छन्। अर्थात सीमित दोहनकारी र केही निश्चित व्यक्तिका प्रतिनिधिले मात्र यो देशको शासन गरिरहनेछन्‌। गैर सरकारी युनियनहरु, बाणिज्य संघहरु तथा निजामती संघ-संस्थाका नेतृत्व चयन पनि उही “शोसक शासक सम्भ्रान्त” वर्गकै निर्णय अनुरुप नै निधो हुने तय हुन्छ। निर्वाचनका ऐनहरुदेखि समयतालिका तथा निर्वाचन आयोग स्वयं यही  “शोसक शासक सम्भ्रान्त” वर्गको हितका लागि प्रतक्ष रुपमा काम गर्नेछन्। निर्वाचनहरु धान्न नसकिने, अनुपयुक्त,

Continue reading नेपालमा आँउदो संकट (कोरोना महामारीको दुई बर्ष भित्र)

The post नेपालमा आँउदो संकट (कोरोना महामारीको दुई बर्ष भित्र) appeared first on WhyNepal.com.

]]>
विवेकशीळ नेपालीको अध्यक्ष पछिको मेरो भावी भूमिका /accountability/powertransition/ Wed, 18 Sep 2019 04:15:53 +0000 /?p=15635

नमस्ते विवेकशील नेपालीका सदस्य तथा शुभचिन्तक सहयात्रीहरु,
समय आएको छ, आफूले लिदैँ आएको विवेकशील नेपाली दलको अध्यक्षको भूमिका आगामी राष्ट्रिय सम्मेलनपछि नयाँ नेतृत्वलाई हस्तान्तरण गर्नको लागि। विगत ८ वर्ष अगाडि शुरु भएको विवेकशील नेपाली अभियान र दललाई नेतृत्व गर्दै आएको सन्दर्भमा आफूले लिएको पद र यसले बोकेको भूमिकालाई अझ थप उर्जा र सिर्जनशीलता बोकेका नेतृत्वमा हस्तान्तरण गर्नुपर्ने आवश्यकता मैले आभास गरेकोछु।  विभिन्न उतारचढावका बाबजुद अझ सक्षम र अझ उत्कृष्ट नेतृत्वले दल र राष्ट्रलाई विवेकशील नेतृत्व प्रदान गर्न सक्छ भन्ने कुरामा म निर्धक्कै छु। यसो फर्केर हेर्दा हामी माझ खारिइरहेका उर्जावान र उत्कृष्ट नेतृत्वहरुले दशकौँसम्म नेपाली समाज रुपान्तरणमा महत्वपूर्ण भूमिकाहरु खेली नै रहनेछन् भन्ने कुरामा पनि म विश्वस्त नै छु।

यो दस्तावेजको सम्झिन मिल्ने छोटो लिंक: bitly.com/ujwaltransition

लोकतन्त्रमा पदीय भूमिका जसलाई आम रुपमा शक्ति भनिने गरिन्छ, त्यो हस्तान्तरण गर्नु पनि एक सुन्दर पक्ष हो जुन हामी सबैले समय सापेक्ष रुपमा गर्नु नै पर्छ। अहिलेसम्म भएका अनेकौँ उपलब्धीहरु र भूलहरु गर्दै हामी यहाँ आइपुगेका छौँ। नेतृत्वको नियमित फेरबदलले हामीले आत्मसात् गरेको मूल्य मान्यता, लोकतन्त्र र राष्ट्र रुपान्तरणको हाम्रो लक्ष्यलाई नै टेवा दिन्छ भन्ने विश्वास पनि बोकेको छु। मैले आशा गरेको छु अब आउँदो नेतृत्वहरुले विवेकशील नेपाली दल र त्यसका अभियानहरुलाई अझ बलियो बनाउँदै लानुहुनेछ। अबका जुझारु

Continue reading विवेकशीळ नेपालीको अध्यक्ष पछिको मेरो भावी भूमिका

The post विवेकशीळ नेपालीको अध्यक्ष पछिको मेरो भावी भूमिका appeared first on WhyNepal.com.

]]>
माईतीघर भर्सेस सिंहदरवार /accountability/citizens-vs-rulers-in-nepal/ Tue, 19 Feb 2019 16:27:03 +0000 /?p=11844 सिंहदरबार, शासनको थलो। कहिले निरंकुश शासनको, अहिले गणतन्त्रको।

यही सिंहदरबारको शक्ति दुरूपयोगले नागरिकलाई रुवाउँछ। असाध्यै भएपछि नागरिक एकबद्ध हुन्छन्। विद्रोह गर्छन्। सडक तताउँछन्। सडक तताउने थलो, माइतीघर। अर्थात्, सिंहदरबार भनेको शासन। माइतीघर, शासनलाई चुनौती।

संसारमा शासन रहेसम्म शासनलाई चुनौती दिने थलो पनि रहन्छ। हरेक देशका आफ्नै सिंहदरबार, आफ्नै माइतीघर। जस्तो, इजिप्टको कायरोमा रहेको ताहिर चोक। न्यूयोर्कको युनियन चोक। पेरिसको बेस्टिल चोक। लन्डनको ट्राफाल्गार चोक। यस्ता थलोमा नागरिक आवाज गडगडाउँछ। यसको महत्व तब तीव्र हुन्छ, जब शासकले नागरिक हक कुण्ठित गर्ने कोशिस गर्छन्। नेपालमा विभिन्न शासकहरूले हाम्रो आधारभूत हकमै बन्देज लगाएका प्रशस्त अनुभव छन्। पञ्चायत र राणा शासनमा त कति कति!

यही परिदृश्य फेरि दोहोरिने डर बढेको छ। दुईतिहाइ सरकारले विभिन्न ऐनमार्फत् नागरिकको स्वतन्त्र विचार राख्न पाउने अधिकार कस्दै लगेको छ। सामाजिक सञ्जालजस्ता खुला ‘थलो’हरू कुण्ठित गरिँदैछन्। सरकारी प्रवृत्तिबारे बोल्नै नपाउने वातावरण बन्दैछ। यसले गणतन्त्रलाई ‘मौनतन्त्र’ मा परिणत गराउने डर बढ्दैछ। मौनतन्त्र फैलिएर लुटतन्त्र हुन कुनै बेर लाग्दैन।

अहिले जुन किसिमका ‘बन्देज’ देखिएका छन्, यही ताल हो भने, तपाईं कहीँ भेला हुन, बोल्न, गाउन पाउनुहुन्न। केही जानकारी लिन र दिन पनि राज्यकै अनुमति चाहिने दिन धेरै टाढा नरहेको छाँट देखिन्छ।

यही सेरोफेरोमा शान्ति सुरक्षा विधेयक २०७५ र

Continue reading माईतीघर भर्सेस सिंहदरवार

The post माईतीघर भर्सेस सिंहदरवार appeared first on WhyNepal.com.

]]>
यति बलात्कार र अन्यायका जडहरु के होलान्? /environment/rape-injustices-root/ Sat, 29 Sep 2018 13:57:44 +0000 /?p=11695 धेरै मध्य एउटा कारण यो पनि हो कि?

जब दशौँ लाख नेपाली (य़ुवा)हरु रोजगारको लागि विदेशमा अड्किरहनु पर्ने बाध्यता बनाईन्छ तब उनका घर-छिमेक र गाउँ-ठाँउमा अभिभावकहरुको खडेरी पर्छ अनि असुरक्षाको माहोल बन्न थाल्छ। यसरी जोश र होश भएका युवाहरु आफ्ना ठाँउ नजिकै नहुनाले नेपालका गाउँ र शहर असुरक्षित, असन्तुलित र गतिहिन बनेका छन्। यस्तो वातावरणले हाम्रो समाजमा घिनौना कार्य गर्न कति अभिभावकत्व बिहिन व्यक्तिहरुका मनमस्तिस्कमा नकारात्मक, असन्तुलित प्रभाव पर्न सक्छ। यसरी अभिभावकहरुको कमी भएको गाउँ-समाजले आफ्नो नेतृत्व र सरकारलाई नै रक्षक / अभिभावकको रुपमा मान्न थालिन्छ ।तर यदि यहि नेतृत्व रक्षक को सट्टा भक्षक बन्दै दिशाहिन, न्यायविन, लूटतान्त्रिक बन्दै जान्छ नतिजा के हुन्छ? गैरजिम्मेवार नागरिक र गैरजवाफदेहि नेतृत्वको जगजगी। नतिजा हाम्रो समाज अपराधको दुशचक्रमा फस्न थाल्छ। अाजको स्थिति यस्तै देख्छु।

निर्मलाहरुलाई न्याय देउ - चाड पर्वमा आशिस यहि दिँउ

यदि यो समस्या हो भने समाधानको एक दुरगामी बाटो यो पनि हो: राज्यले अर्जुनदृष्टिका साथ हाम्रो देशभित्रै सम्मानजनक रोजगारको वातावरण उत्पन्न गराउन सके हाम्रो समाजमा जोश र होश भएका धेरै युवा नेपालमा रहने थिए। यहिँ अभिभावक भएर आफ्ना छोरा छोरी, दाई-भाई, ईष्टमित्रहरु र अग्रजमा आफ्नो भूमिका निभाउन सक्थे। देश, समाज र घरलाई सुरक्षित बनाउने वातावरण नागरिकहरुबाटै बन्ने थियो। अनि

Continue reading यति बलात्कार र अन्यायका जडहरु के होलान्?

The post यति बलात्कार र अन्यायका जडहरु के होलान्? appeared first on WhyNepal.com.

]]>
राजनीतिक नेतृत्व र आध्यत्म बीच सम्बन्ध के- कस्तो? /spirituality/spiritual-leadership/ Wed, 06 Dec 2017 06:30:32 +0000 /?p=11569

The post राजनीतिक नेतृत्व र आध्यत्म बीच सम्बन्ध के- कस्तो? appeared first on WhyNepal.com.

]]>