common sense Archives • WhyNepal.com /topics/common-sense/ Wed, 29 Jul 2020 08:02:46 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.5 /wp-content/uploads/cropped-tumpak-whynepal-logo-e1363328285738-32x32.png common sense Archives • WhyNepal.com /topics/common-sense/ 32 32 विवेकशीळ नेपालीको अध्यक्ष पछिको मेरो भावी भूमिका /accountability/powertransition/ Wed, 18 Sep 2019 04:15:53 +0000 /?p=15635

नमस्ते विवेकशील नेपालीका सदस्य तथा शुभचिन्तक सहयात्रीहरु,
समय आएको छ, आफूले लिदैँ आएको विवेकशील नेपाली दलको अध्यक्षको भूमिका आगामी राष्ट्रिय सम्मेलनपछि नयाँ नेतृत्वलाई हस्तान्तरण गर्नको लागि। विगत ८ वर्ष अगाडि शुरु भएको विवेकशील नेपाली अभियान र दललाई नेतृत्व गर्दै आएको सन्दर्भमा आफूले लिएको पद र यसले बोकेको भूमिकालाई अझ थप उर्जा र सिर्जनशीलता बोकेका नेतृत्वमा हस्तान्तरण गर्नुपर्ने आवश्यकता मैले आभास गरेकोछु।  विभिन्न उतारचढावका बाबजुद अझ सक्षम र अझ उत्कृष्ट नेतृत्वले दल र राष्ट्रलाई विवेकशील नेतृत्व प्रदान गर्न सक्छ भन्ने कुरामा म निर्धक्कै छु। यसो फर्केर हेर्दा हामी माझ खारिइरहेका उर्जावान र उत्कृष्ट नेतृत्वहरुले दशकौँसम्म नेपाली समाज रुपान्तरणमा महत्वपूर्ण भूमिकाहरु खेली नै रहनेछन् भन्ने कुरामा पनि म विश्वस्त नै छु।

यो दस्तावेजको सम्झिन मिल्ने छोटो लिंक: bitly.com/ujwaltransition

लोकतन्त्रमा पदीय भूमिका जसलाई आम रुपमा शक्ति भनिने गरिन्छ, त्यो हस्तान्तरण गर्नु पनि एक सुन्दर पक्ष हो जुन हामी सबैले समय सापेक्ष रुपमा गर्नु नै पर्छ। अहिलेसम्म भएका अनेकौँ उपलब्धीहरु र भूलहरु गर्दै हामी यहाँ आइपुगेका छौँ। नेतृत्वको नियमित फेरबदलले हामीले आत्मसात् गरेको मूल्य मान्यता, लोकतन्त्र र राष्ट्र रुपान्तरणको हाम्रो लक्ष्यलाई नै टेवा दिन्छ भन्ने विश्वास पनि बोकेको छु। मैले आशा गरेको छु अब आउँदो नेतृत्वहरुले विवेकशील नेपाली दल र त्यसका अभियानहरुलाई अझ बलियो बनाउँदै लानुहुनेछ। अबका जुझारु

Continue reading विवेकशीळ नेपालीको अध्यक्ष पछिको मेरो भावी भूमिका

The post विवेकशीळ नेपालीको अध्यक्ष पछिको मेरो भावी भूमिका appeared first on WhyNepal.com.

]]>
हामीलाई उत्तर-दक्षिणको बाघले भन्दा आफ्नै मनको बाघले खाइरहेको छ /governance/citizenship-and-nationalism/ Thu, 28 Mar 2019 12:44:18 +0000 /?p=11870 बाराक ‌ओबामा अमेरिकामा दुई कार्यकालसम्म राष्ट्रपति निर्वाचित भए। लोकप्रिय र सुधारवादी राष्ट्रपति मानिने ओबामा केन्याली बाबु र अमेरिकी आमाका सन्तान हुन्।

सेतोपाटी पत्रिकामा यसको एक संस्करण छापिएको छ।

ओबामाजस्तै प्रतिभा भएका कुनै व्यक्ति नेपाली आमा र विदेशी बाबुका सन्तान भए उसलाई नेपालले यो पदमा स्वीकार गर्दैन।

ऊ नेपालको अंगीकृत नागरिक हुनेछ। अंगीकृत नागरिकलाई कुनै पनि उच्च पद (राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रदेश र सुरक्षा निकाय प्रमुख) मा नियुक्त गर्न संविधानले बन्देज लगाएको छ।

तर, त्यही व्यक्ति नेपाली बाबु र विदेशी आमाका सन्तान भए ऊ वंशज नागरिक हुन्छ र उसले संवैधानिक रूपमै यी सबै अवसर पाउँछ।

संविधानले दिएको ‘समानता’ को मौलिक हक (धारा १८) मा पुरुष र महिलाबीच कुनै विभेद नहुने परिकल्पना छ। संविधानकै धारा ११ को उपदफा ५ भने योसँग बाझिएको छ। धारा ११ मा नेपाली आमा र विदेशी बाबुका छोराछोरी अंगीकृत नागरिक हुने भनिएको छ।

अंगीकृत नागरिक हुन पनि नेपाली महिलाले बच्चा नेपालमै जन्माउनु पर्नेछ। विदेशमा जन्मेको नेपाली आमाको सन्तान नेपाली नागरिक हुन नपाउने संविधानको व्यवस्था विभेदपूर्ण छ। नेपाली बाबु र विदेशी आमाको सन्तान भने विदेशमै जन्मिए पनि कुनै समस्या हुँदैन।

नेपाली बाबुलाई आँखा चिम्लेरै विश्वास गर्ने, आमालाई चाहिँ नगर्ने? नेपाली आमा हाम्रै देशका नागरिक हैनन् र? नेपाली बाबुको सन्तानलाई पहिचान दिन कुनै नियम नलाग्ने भए नेपाली

Continue reading हामीलाई उत्तर-दक्षिणको बाघले भन्दा आफ्नै मनको बाघले खाइरहेको छ

The post हामीलाई उत्तर-दक्षिणको बाघले भन्दा आफ्नै मनको बाघले खाइरहेको छ appeared first on WhyNepal.com.

]]>
आशिक यहि दिऔँ – “मानवीय मुल्य र मान्यतामा अडिग रहेस्” /change/citizens-with-values/ Thu, 18 Oct 2018 15:47:17 +0000 /?p=11711 सबै महानुभावहरुमा नेपालका चाडपर्वहरुको उपलक्ष्यमा मेरो हार्दिक शुभकामना 🙂
आगामी दिनहरुमा यी ७ मूल्यमान्यताले हामी सबै भित्र राम्रै सँग जरो गाडोस् –

१) बिनम्रताले आफ्नो अहम माथी बिजय़ी गरोस्    

२) साहसले आफु भित्रका डरको बिख निल्न सकोस्‌ 

३) पारदर्शीताले हामी भित्रका शंकालाई निमोठोस् 

४) उत्कृष्टता सामुहिक रुपमा प्रस्फूटन होस् 

५) पद्धति नै हाम्रो सु-मार्ग बन्न सकोस्

६) समानूभुतिले हाम्रा डाँडा-काँडा ढाकुन् 

७) निष्ठा हाम्रो कहिल्यै नडग्मगाओस् 

तपाईँको त तपाईको ईष्टको जय होस् – नेपालको जय होस् !

The post आशिक यहि दिऔँ – “मानवीय मुल्य र मान्यतामा अडिग रहेस्” appeared first on WhyNepal.com.

]]>
राजनीतिक नेतृत्व र आध्यत्म बीच सम्बन्ध के- कस्तो? /spirituality/spiritual-leadership/ Wed, 06 Dec 2017 06:30:32 +0000 /?p=11569

The post राजनीतिक नेतृत्व र आध्यत्म बीच सम्बन्ध के- कस्तो? appeared first on WhyNepal.com.

]]>
कसैलाई काखा कसैलाई पाखा? लुटतन्त्रको सिन्डिकेटले लोकतन्त्रै धरापमा /politics/electionsymbol/ Tue, 04 Apr 2017 02:53:02 +0000 /?p=11461 गोल हान्न तयार हुँदै टिम अगाडी बढ्छौं। तर जब गोल हान्न खोज्छौँ, गोल पोस्ट नै सारिदिन्छन्। अचम्म छ।  फेरि ट्राई हान्यो – त्यसै गरिदिन्छ अर्को टिमले।  

सेतोपाटीमा यसको एउटा संस्करण पढौँ

रेफ्रीलाई गुहार्यो – “यो त घोर अन्याय भो!” भन्छन् – “के गर्ने यहि हो नियम।” फुटबलमा ‘लेभल प्लेयिंग ग्राउन्ड’ भनिन्छ – उहि धरातल र नियममा खेल्ने। यदि कुनै टिमलाई मात्रै फाईदा हुने गरि नियम बनाउने, अनि बाँकी लाई त्यो नियमबाट बञ्चित गराईन्छ भने त त्यो वास्तवमै प्रतियोगिता नै रह्यो त?

हाल स्थानीय तहको निर्वाचन २०७४ बैशाख ३१ गते हुने निश्चित भएको छयसले सुनौलो अवसर प्रदान गरेको छ देशवासीलाई – आफ्नो वडा, गाउँ, शहर हाक्न चाहने सवल नेतृत्व चुन्ने।। हामी पनि ४ वर्ष देखि नेपाली राजनीतिमा सु-संस्कृत राजनीतिको थालनी गर्दै यहाँसम्म पुगेका छौं। धेरैका निम्ति आशाका किरण छर्न सफल भएका छौं। पहिलोपल्ट दलीय रुपमा चुनाव लड्न खोज्दैछौं, तर हामीलाई चुनाव चिन्ह नै दिदैँनन्। “अर्को चिन्ह देउ न भनी अनुरोध गर्छौँ,” “अहँ, मिल्दैन! तपाईँहरुले एउटै चिन्ह लिनै मिल्दैन, तपाईंका उम्मेद्वारहरु हरेकलेContinue reading कसैलाई काखा कसैलाई पाखा? लुटतन्त्रको सिन्डिकेटले लोकतन्त्रै धरापमा

The post कसैलाई काखा कसैलाई पाखा? लुटतन्त्रको सिन्डिकेटले लोकतन्त्रै धरापमा appeared first on WhyNepal.com.

]]>