positive stories Archives • WhyNepal.com /topics/positive/ Fri, 06 Sep 2019 12:33:38 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.5 /wp-content/uploads/cropped-tumpak-whynepal-logo-e1363328285738-32x32.png positive stories Archives • WhyNepal.com /topics/positive/ 32 32 सन् २०३० मा संसारकै सुन्दर शहर घोषित – “काठमाडौं उपत्यका !” /governance/worlds-most-beautiful-city/ Mon, 27 Jul 2015 04:00:50 +0000 /?p=9969 Read this in English.

साथीहरुले यो पढ्दा काठमाडौँको सट्टा अाफ्नै गाउँ-शहर सम्झि -परिकल्पना गरि पढ्नु होला है!
धन्यवाद।

“सन् २०३० मा संसारकै सुन्दर शहर- काठमाडौं उपत्यका!” – विश्व विख्यात टाइम पत्रिका

टाइम  पत्रिकाले यसरी बर्षको अन्तिम संस्करणको पहिलो पृष्ठमा काठमाडौं उपत्यकालाई एशियाको “चम्किलो मोती” घोषणा गरि दिएकोमा विश्व जगतमा हलचल मच्चिएको छ। सन् २०१५ मा ७.८ रेक्टर स्केलको भुकम्पको चपेटामा परेको यो शहरले पछिल्लो १५ वर्षको अवधिमै कसरी यस्तो छलाङ्ग मार्यो – सबैलाई चाँसोको बिषय बनेको छ । काठमाडौं उपत्यकालाई सन् २०३०मा संसारको सबैभन्दा सुन्दर शहर चुन्नमा विश्व-विख्यात शहरी विकास योजनाविद् तथा अग्रज हरु सामेल निर्णायक मण्डलले १० विशेष कारण दिएका छन्।

१. काठमाडौं: सेवक सरकार शहर
२. काठमाडौं:  विविधता झल्कने शहर
३. काठमाडौं: विश्वकै हराभरा शहर
४. काठमाडौं: सम्पदा शहर
५. काठमाडौं: पुन:प्रयोगीय शहर
६. काठमाडौं: नसुत्ने शहर
७. काठमाडौं: उर्जा-प्लस शहर
८. काठमाडौं: मस्त रमाउने शहर
९. काठमाडौं: विवेकशील शहर
१०. काठमाडौं: उद्यमीका राजधानी

 

१) काठमाडौं- सेवक सरकार शहर

म स्थानीय वडा कार्यालय अगाडी छु। १८औं शताब्दीको दरवार जस्तो देखिने यो भवन काठमा कुँदिएका विभिन्न आकृतिहरुले नेपालको इतिहासको

Continue reading सन् २०३० मा संसारकै सुन्दर शहर घोषित – “काठमाडौं उपत्यका !”

The post सन् २०३० मा संसारकै सुन्दर शहर घोषित – “काठमाडौं उपत्यका !” appeared first on WhyNepal.com.

]]>
म त एक आम नेपाली… मलाई के फाइदा डक्टर केसीको सत्याग्रहले? /governance/why-dr-govinda-kc/ Fri, 03 Apr 2015 03:20:08 +0000 /?p=9661 govinda kc thumbs upम त एक आम नेपाली हुँ । मलाई के न फाइदा हुन्छ र डक्टर केसीको सत्याग्रहले?

सायद यस्तै सोच अहिले तपाईँ अनि लाखौँ नेपालीको मनमा घुमिरहेकोछ होला। यो स्वभाविकै  हो। जताततै निराशाले छाएको अवस्थामा यसको उत्तर प्रष्टसँग पाउन गाह्रो पनि छ। तपाईंले खोजेको प्रश्ट उत्तर पाउन  पहिलेतपाईं आफैले यी केही प्रश्नहरुको जवाफ खोज्नै पर्छ।

१) के तपाईंलाई अस्पतालबाट क्लिनिक ‘रिफर’ गरिएको छ ?

२) के तपाईंलाई डक्टरले  हतार-हतारमा जाँची धपाएको छ ?

३) के तपाईंलाई अाफ्नो जाँच रिपोर्ट एउटा डक्टरमा पत्यार नलागी फरक फरक डक्टरलाई देखाउनु परेको छ ?

४) के तपाईंले मनमनै कुनै अस्पताललाई “ठग” भन्नु भएको छ ?

५) के तपाईंलाई कहिले डक्टरबाट फर्कदा गोजी नै रित्तिएको अनुभव भा छ ?

६) के तपाईंलाई अामा-बा बिरामी हुँदा “त्यो खेतबारी बेच्नु पर्छ कि क्या हो” जस्ता सोच जागेको छ ?

७) के तपाईंलाई “नेपालमा त अब भरै लागेन बरु दिल्ली, लखनऊ नै लग्नु पर्छ कि क्यो हो ?” जस्तो भा छ ?

८) के तपाईंलाई “ त्यो अस्पताल त जानै नपरोस् बरु झाँक्री/ बैधेबाटै निको पार्छु” भन्ने प्रण गर्नु भा छ

Continue reading म त एक आम नेपाली… मलाई के फाइदा डक्टर केसीको सत्याग्रहले?

The post म त एक आम नेपाली… मलाई के फाइदा डक्टर केसीको सत्याग्रहले? appeared first on WhyNepal.com.

]]>
अलिकति सन्काहा त हुनैपर्छ /career/stubburn/ Mon, 09 Sep 2013 03:50:28 +0000 /?p=8900 अलिकति सन्काहा त हुनैपर्छ  – अश्विनी कोइराला (कान्तिपुरको साप्ताहिकमा प्रकाशित भएको लेख)।
शुद्दताको लागि केहि शब्दहरु परिवर्तन गरिएको छ।

———

अरूभन्दा फरक हुन खोज्ने मान्छेलाई समाजले सन्काहा भन्छ। यस्ता मानिसको या त धेरै आलोचक हुन्छन् या त धेरै फ्यान फलोअर। उज्वल ५५२ यस्तै सन्काहा युवामध्ये एक हुन्। स्याङ्जाको सामान्य परिवारमा जन्मिएका यी युवा छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा ४ कक्षामा भर्ना भएदेखि नै फरक काम गर्न रुचाउँथे। कतिसम्म भने बेलायतबाट लिइएको ए लेभलको अंग्रेजी साहित्यको परीक्षामा उनले अक्षरमा उत्तर नलेखी कार्टुन बनाएर उत्तर दिएका थिए। शिक्षक एवं साथीहरूले उनको कामलाई पागलपन भनेर जिस्क्याए पनि उनलाई बेलायती परीक्षाबोर्डले धेरै जिस्क्याउने साथीहरूको भन्दा उच्च अंकमा पास गरेर पठायो। केही समयपछि अमेरिका पुगेका उज्वल मल्टाइ-मिडियामा स्नातक गरेर चर्चित सर्च इन्जिन याहुडटकमसम्म पुगेका थिए। यद्यपि उनी जागिर नै नखाई नेपाल फर्किए। कहिले बन्दविरोधी आन्दोलन त कहिले युवा उद्यमीलाई एकजुट पार्ने अभियान चलाइरहेका उज्वल अहिले ‘विवेकशील नेपाली’ का नाममा युवाहरूलाई संगठित गरिरहेका छन्।

तपाईंको नामका पछाडि ५५२ नम्बर छ, यो थर हो ?

यो मेरो विद्यालयको नम्बर हो। जसरी प्रहरी, सेनामा नम्बरका आधारमा मानिसको चिनारी हुन्छ, मेरो पनि त्यस्तै नम्बर हो। परिचय दिँदा नाम पछाडि थर किन भनिन्छ वा लेखिन्छ ? अरूले किन यसमा चासो दिन्छन्, त्यो मैले अहिलेसम्म बुझेको

Continue reading अलिकति सन्काहा त हुनैपर्छ

The post अलिकति सन्काहा त हुनैपर्छ appeared first on WhyNepal.com.

]]>
हिँजो आज को ठुलो ? /inspiration/whos-big-in-nepal/ /inspiration/whos-big-in-nepal/#respond Fri, 01 Mar 2013 03:57:38 +0000 /?p=7377 हिँजो आज को ठुलो ? भ्रष्टाचार बिरुद्ध आमरण अनसनमा बस्दै गरेकी छिन् नेपाली शारदा भुषाल झा । उहाँलाई भेट्न रत्नपार्क – शान्ति बाटिका जाँ़ आजै कुनै पनि बेला। आज दिन ८।
सुन्नुहोस् भ्रष्टाचार बिरुद्धको यो कविता उहाँकै शब्दमा

हिँजो आज को ठुलो?
ईमान्दार भन्दा बेईमान ठुलो
जनता भन्दा नेता ठुलो
सत्ता भन्दा भत्ता ठुलो
शासन भन्दा भाषण ठुलो
बिकास भन्दा नारा ठुलो
हिँजो आज को ठुलो?

राहत भन्दा आश्वाशन ठुलो
रासन भन्दा कमिशन ठुलो
भुस भन्दा घुस ठुलो
घाँटी भन्दा गाँस ठुलो
मेला भन्दा माढ ठुलो
माढ भन्दा जाँड ठुलो
हिँजो आज को ठुलो?

साधु भन्दा चोर ठुलो
व्यापार भन्दा भाउ ठुलो
काम भन्दा तर्क ठुलो
कमाई भन्दा खर्च ठुलो
लठ्ठी भन्दा भट्टी ठुलो
खाँचो भन्दा खाँचो ठुलो
हिँजो आज को ठुलो?

गुरु भन्दा चेला ठुलो
माउ भन्दा चल्ला ठुलो
पढ्नु भन्दा चोर्नु ठुलो
जोर्नु भन्दा फोर्नु ठुलो
निर्माण भन्दा नाज ठुलो
शान्ति भन्दा अल्लाह (धर्म) ठुलो
हिँजो आज को ठुलो?

धर्म भन्दा पाप ठुलो
खान लगाउनको चाप ठुलो
स्वर्ग भन्दा नर्ग ठुलो

Continue reading हिँजो आज को ठुलो ?

The post हिँजो आज को ठुलो ? appeared first on WhyNepal.com.

]]>
/inspiration/whos-big-in-nepal/feed/ 0
हेर्नुहोस् – हामी हरेकको परिवार भित्र एक होईन धेरै जातको रगत मिस्सिएको छ /thought-provoking/multiple-ethnicity/ /thought-provoking/multiple-ethnicity/#respond Mon, 18 Jun 2012 02:59:31 +0000 /?p=6510  

Unity-with-diversity-small

अाफ्नै पुस्ताको ईतिँहास पल्टाउदैँ जादाँ  हामी हरेक भित्र एक जाती मात्र होईन धेरै जाती को रगत मिस्सिएको छ, बहु पहिचान छ। अझ भावी सन्ततिको स्थितिलाई अबलोकन गर्‍यौँ भने त यहि सत्य सावित हुँदैछ।

जन्मदाँ मेरो थर – क्षेत्री परेछ।

  1. मेरो बुहारी स्पेनिस मुलकी छिन् अब मेरो भतिजो चाहिँ कुन जातको ?
  2. गाँऊमा एक भाउजु मगर हुन् अब मेरो भतिजी कुन जातको ?
  3. दाईले राई मुलकी भाउजु ल्याउनु भयो, उन्‌को घोर्ले छोरोलाई कताको भन्ने ?
  4. एउटा भतिजोले नेवार बिहे गरे अर्कोले गुरुङ्, उन्‌का जहान कुन जातीमा राख्‍ने ?
  5. मेरो भान्जी बाहुनको बुहारी, अनि उन्‌को छोरो कुन जाती ?
  6. गाउँको मगर भाईको गुरुँङ्को छोरीसँग टिकोटालो गरे, अब उनीहरुको नानी लाई कुन जाती भन्ने ?
  7. अरबमा दु:ख गरि राख्नु भएको दाईले कृष्टिएन भाउजु ल्याउनु भो, उन्‌का सन्तानलाई हामी के भन्ने ?
  8. परम मित्र एक सेर्पा साथीले नेवार साथीलाई बिहे गरे, अब उनीहरुका दुई सन्तानलाई कसरी ब्याख्या गर्ने?
  9. दिदीले तामाँङ् मुलकी बच्चालाई गोद लिनु भो, अब यो परिवारलाई कुन जातीमा हामीले राख्‍ने ?
  10. म आफै जन्मे-हुर्केकोले हिन्दु, बुद्धले देखाएको मार्ग हिडँन खोज्दैछु, मुस्लिम सुफी कवि ‘रुमी’ मेरो मनैछुने व्यक्तित्व हुनुहुन्छ, क्रिष्टिएन बाहुल्य कलेजमा जीवनलाई चाहिने जति अर्ति-वुद्धि

Continue reading हेर्नुहोस् – हामी हरेकको परिवार भित्र एक होईन धेरै जातको रगत मिस्सिएको छ

The post हेर्नुहोस् – हामी हरेकको परिवार भित्र एक होईन धेरै जातको रगत मिस्सिएको छ appeared first on WhyNepal.com.

]]>
/thought-provoking/multiple-ethnicity/feed/ 0