बडादशैँको शुभकामना है, तपाँई र तपाँईका आफन्तलाई…
यस पाली टिका लाँउदा यी आशीर्वादहरु मिलोस्
.
- धर्तीमा एक चोटी आईसकेपछि केहि गरेरै गएस्
- राम्रो मान्छे र राम्रो काम गर्नेलाई धन्यवाद दिई हालेस्
- खान पुगोस्, दिन पुगोस् (रविन्द्र मिश्रबाट)
- “अहिले नगरे कहिले, मैले नगरे कस्ले ” मन्त्र राखेस्
- अरुले गु खाए भन्दैमा, आफु चाहिँ नखाएस्
- आफ्नो घर आफै सफा गर्नु पर्छ नत्र छिमेकी आएर सफा गर्दिन्छन् भन्ने बुझेस्
- ‘यस्तै हो’ वा ‘के मतलब’ भन्दै चुप्प नलागेस् “केहि गरौँ न” भनेस्
- पहिले आफै जिम्मेवार बनेस् अनि मात्र अरु सँग जवाफ मागेस्
- बोल्ने कम र गर्ने बढि बानी आफैबाट शुरु गरेस्। अरुलाई नि त्यतैतिर धकालेस्
- नराम्रो काम गर्दै गर्या भए यो सोचेस् (अरुले नदेख्ला…तर आफ्नै अन्तरआत्माले त देख्छ नि)
- आफ्नो लोभलाई धैर्यले अँगाल्न सिकेस्
- मान्छेलाई होईन उस्को नराम्रो कामलाई निमोठ्ने बानी बसालेस्
- समाजमा राम्रो गरिरहेका-हरुको जस्तो पनि सन्जाललाई बलियो बनाएस्
- आफ्नो ईष्टमित्र,टोल,जात वा नेपालीको मात्र होईन, संपूर्ण मानव र वातावरणको पनि हितका बारेमा सोचेस्
- नेपाललाई होईन, आफैलाई बदलेस्
तपाँईका पनि केहि आशीर्वादहरु छन् भने तल अवश्य लेख्नुहोला है 😀