समाचार माध्यमहरुलाई अनुरोध :
- सकारात्मक गैर-राजनितिक काम वा सोचका खबरलाई बेकैदा मुख्य पृष्ठमा दिनहुँ स्थान दिनुहोला। आलोचनात्मक खबरलाई सके नराख्नु, राख्नै परे अन्तिममा।
- सर्वसाधारण नागरिकहरुका सोचहरुलाई प्राथमिकता दिनुहोला चाहे त्यो जति नै अल्मलिएका वा त्रुतिपूर्ण भए नि।
- होच्च्याउने भन्दा उपाय दिने खालका वक्तव्यलाई प्रोत्साहन दिनुहोला।
- कतै राम्रा काम हुन लाग्या छ भने त्यसको बारेमा पूर्व घोषणा गरेर फैलाईदिनुहोला।
- ‘प्रगति यसरी गर्नुपर्छ र यसरी गरिराख्या छु’ भन्ने जस्ता उपायमुलक वा ज्ञानमुलक वक्तव्यलाई अझ बढावा दिनुहोला।
- नागरिक जिम्मेवारी बढाउने कार्यकलापहरुलाई निरन्तर समर्थन गरिरहनुहोला।
- जवाफदेही नेतृत्वको खबरलाई बढावा दिनुहोला।
- सम्वृद्धि ल्याउने वा काम सृजना गर्ने उद्दमशिल व्यक्तित्वहरुलाई पनि मुख्य पृष्ठमा स्थान दिनुहोला (सामाजिक र राजनितिक अभियानकर्ताहरुलाई जस्तै)।
- नेपालीहरुलाई एक बनाउने जुनै कामका खबरलाई अझ बढावा दिनुहोला।
- “अहिले नगरे कहिले, हामीले नै नगरे कस्ले” भन्ने सोच बोकेकालाई पटक पटक अन्तरवार्तामा बोलाउनुहोला।
धन्यवाद 🙂