अाफ्नै पुस्ताको ईतिँहास पल्टाउदैँ जादाँ हामी हरेक भित्र एक जाती मात्र होईन धेरै जाती को रगत मिस्सिएको छ, बहु पहिचान छ। अझ भावी सन्ततिको स्थितिलाई अबलोकन गर्यौँ भने त यहि सत्य सावित हुँदैछ।
जन्मदाँ मेरो थर – क्षेत्री परेछ।
- मेरो बुहारी स्पेनिस मुलकी छिन् अब मेरो भतिजो चाहिँ कुन जातको ?
- गाँऊमा एक भाउजु मगर हुन् अब मेरो भतिजी कुन जातको ?
- दाईले राई मुलकी भाउजु ल्याउनु भयो, उन्को घोर्ले छोरोलाई कताको भन्ने ?
- एउटा भतिजोले नेवार बिहे गरे अर्कोले गुरुङ्, उन्का जहान कुन जातीमा राख्ने ?
- मेरो भान्जी बाहुनको बुहारी, अनि उन्को छोरो कुन जाती ?
- गाउँको मगर भाईको गुरुँङ्को छोरीसँग टिकोटालो गरे, अब उनीहरुको नानी लाई कुन जाती भन्ने ?
- अरबमा दु:ख गरि राख्नु भएको दाईले कृष्टिएन भाउजु ल्याउनु भो, उन्का सन्तानलाई हामी के भन्ने ?
- परम मित्र एक सेर्पा साथीले नेवार साथीलाई बिहे गरे, अब उनीहरुका दुई सन्तानलाई कसरी ब्याख्या गर्ने?
- दिदीले तामाँङ् मुलकी बच्चालाई गोद लिनु भो, अब यो परिवारलाई कुन जातीमा हामीले राख्ने ?
- म आफै जन्मे-हुर्केकोले हिन्दु, बुद्धले देखाएको मार्ग हिडँन खोज्दैछु, मुस्लिम सुफी कवि ‘रुमी’ मेरो मनैछुने व्यक्तित्व हुनुहुन्छ, क्रिष्टिएन बाहुल्य कलेजमा जीवनलाई चाहिने जति अर्ति-वुद्धि सिकेको हुँ, मलाई कुन धर्मको मात्रै भन्ने?
- १० बर्ष बुढानिलकण्ठ स्कुल भित्रै बोर्डस् भएर बाल्यकाल हुर्केँ- त्यहाँ सबै विधार्थीको जातै निकालि खाली रोल नले चिन्ने माहोल बनाईयो। जातविहिन नेपाली बने अब म कुन जातको?
यो त थियो मेरो “विविधत पहिचानको” कथा। मेरो मात्र होईन हामी धेरैको नि यस्तै कथा छ होला? अब भविष्य पनि यस्तै छ नेपालको। शायद हामी नै होला अन्तिम पुस्ता एउटै पहिचान खोजी बस्ने।
कुनै एक पहिचानको सर्वोच्चतामा भन्दा ‘विविधता अँगाल्ने अाफ्नो बहु-पहिचान”लाई मन भित्र राखौँ न !
एक पल्ट यो भिडियो पनि हेरौँ है