देश भक्ति के होला ?
थाहा भएन मलाई।
तर देश भक्ति के होईन त्यो कुरामा चाहिँ म प्रश्ट छु :
- पुर्खाको “बीरताको” आड लिएर आफुलाई बीर ठान्ने।
- देशको लागि मर्छु भन्ने।
- अन्याय सहँने प्रवृतिलाई धैर्यवान ठान्ने।
- दुई पुस्ता पछिको लागि क्रान्ति गर्छु भन्दै हिँडने।
- आफ्नो हक-हित खोज्दा अरुको छिन्ने।
- मार्कसवाद, पुँजीवाद, राजावाद, मावोवाद ,जातीबाद, धर्मवाद, अधिनायकवाद। अाफ्नै सिद्धान्तले मात्रै देश बनाउँछ भनि जाई लाग्ने।
- अरुले गु खायो भन्दैमा आफुले पनि गु खान पाउनु पर्छ भन्ने।
- आफ्नो घर आँगन चिटिक्क पार्ने तर टोलको मतलब नराख्ने ।
- धन, पद, ठाँऊ कमाउदैँमा देशको सेवा गरेँ ठान्ने।
- मैले आफ्ना छोरा छोरीलाई गरेँ। सबैले त्यसै गरे त देश बनिहाल्छ भनि सोच्ने।
देश भक्ति के होला त ?