म अहिले एउटा नया राजनितिक मञ्चमा आवद्ध छु। हेरक ‘विवेकशील नेपाली’ सदष्यले यी तल लेखिएका मुल्य-मान्यता आत्मसात गर्ने संरचना बनाउँदैछौँ। 🙂
बिस्तृत जानकारीको लागि विवेकशील नेपाली मञ्चको वेबसाईट leadnepal.com हेर्नुहोला।
‘विवेकशील नेपाली’ मञ्चको संगठनिक संस्कारको थालनीको लागि यी मार्गदर्शनका केहि मुल्य मान्यता (मन्त्रहरु):
हाम्रो मन्त्र : विवेकशीलता
- हामी सर्बोत्क्रिस्टताको केन्द्रबिन्दु हौ
- हामी कम बोल्छौँ, धेरै गर्छौँ or बाचा कम, गरेर देखाउने सोचे भन्दा बढि
- हामी म्याराथन धावक हौ, १०० मिटरका होईन
- हामी सर्वोकृस्ट व्यक्तिलाई नै स्थान दिन्छौँ। अनि सदस्यहरुलाई उत्कृष्ट बन्न तयार गर्छौँ।
- हामी यथास्तिथिलाई सकारात्मक चुनौती दिई राख्छौँ
- हामी नेपाललाई सुहाउँदो विश्वका उत्कृस्ट नीति र अभ्यासलाई लागु गर्न खोजी राख्छौँ।
- हामी ( सत्यनिष्ठा वा ईमान्दारिता ) उदाहरण हौँ ।
- हरेक काममा हामी पारदर्शी छौँ
- अल्पकालमा हामीलाई जस्तै क्षती पुगे नि हामी जहिले नि ठिक काम मात्रै गर्छौ
- हामी समस्यालाई आलेटाल नगरि सिधा समाधान तिर लाग्छौँ र अरुबाट पनि ईमान्दारिता सिदान्त र अभ्यासले देखाउन माग गर्छौँ ।
- हाम्रो प्राथमिकता: पहिलो नागरिकहरु हुन्, दोस्रो जो उनीहरुसंग डिल गर्छन्, अनि मात्र ब्यबस्तापकहरु।
- हाम्रो कामले जहिल्यै एक बनाउछँ, कहिल्यै बिभाजन होईन !
- हामी आफ्नो क्रिर्याकलापमा सदैब जिम्मेबार र जबाफदेही छौ
- हाम्रो क्रिर्याकलापले नागरिकहरुलाई सदैव जिम्मेबार र नेतृत्वलाई जवाफदेही हुन प्रेरित गर्छ
- प्रत्येक सदस्य आफ्नो कार्यकलापमा व्यक्तिगत रुपले जवाफदेही रहने छन्
- चुनौती र जोखिमका बाबजुद हामी लक्ष्य तर्फ अगाडी बढि रहने छौ
- हामी सुन्छौ र सुध्रन्छौ (सधैँ)
- हामी सबै स्रोतबाट प्राप्त राम्रो विचार र तरिकालाई आत्मसात गछौ
- हामी सोचाई, दृस्टीकोण, विचार, र क्रियाहरुमा विविधतालाई आत्मसात गछौ
- हामी हाम्रा भन्दा भिन्न बिचारलाई पनि सुन्छौँ
- हामी योगदान र समिक्षाको कदर गर्छौ तर सर्बसम्मतिको रटान भन्दा चाडो निर्णयको तुलनात्मक लाभ प्रति हामी सजग छौ
- हामी प्राप्त राय प्रति लचिलो, र अनुकलनिय हुँदै प्रतिक्रिया दिन्छौँ
- आफुबाट भएका गल्तीलाई हामी चाँडो भन्दा चाडोँ आत्मसात गर्छौ ।
- हामी सदस्यहरुलाई माया गर्छौ
- यहाँ काम गर्ने सबैको यस संगठनमा स्वामित्व हुन्छ
- हामी हाम्रा सदस्यहरुलाई उनीहरुको ब्यवसायिक र सामाजिक क्रियाकलाप र योजनामा ) सफल हुन सघाँउछौ
- हामी मिलेरै सफल हुन्छौ
- शक्तिले सबैलाई भ्रस्ट बनाउँछ तसर्थ हामी नियमित अन्तरालमा हरेक तहका नेतृत्वको परिवर्तन भै राख्ने प्रथा सुनिस्चित गर्छौ।
http://www.keepholdings.com/culture/ बाट प्रभावित –