भूकम्पको के दोष!

dharahara

एकै पलमा झण्डै ९,००० नेपाली मारिनुमा भूकम्प जिम्मेवार कि अहिलेसम्मको राजनीतिक–आर्थिक–सामाजिक संरचना? भूकम्पलाई दोष दिने हो भने यो त प्राकृतिक नियमितता हो। हरेक वर्ष संसारभरि यस्ता प्राकृतिक विपत्ति आइरहन्छन्–गइरहन्छन्। केही दिनअघि जापानमा पनि नेपालमा जस्तै ७.८ रेक्टरको भूकम्प गयो। तर, त्यहाँ एक जना पनि मरेनन् त! त्यसो भए के फरक रह्यो त त्यहाँ र यहाँ?

मूल कुरो त्यहाँको नेतृत्व र संरचनाले आफ्नो नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता बनाएको छ। हाम्रो नेतृत्वको चेतनामा नागरिक रक्षा महत्वपूर्ण कुरा हो भन्ने नै छैन। किन यस्तो भयो त? पहिलो कुरो त जीवन रक्षा गर्ने भनेको के हो त्यो बुझ्नुपर्छ। विपत् परेपछि बचाउनु मात्रलाई जीवन रक्षा गरेको मान्ने कि पूर्वतयारी गरी ज्यान बचाउने संरचना र चेतना जगाउनेलाई पनि भन्ने? विपत् आएपछि त जनावरले पनि जीवन रक्षा गर्छ। मानव त त्यो हो, जसले विपत् आउनुअघि नै बच्ने तरिका बनाइसकेको हुन्छ। यही कारण ऊ र उसको समाजको क्षति न्यून हुन्छ। एकचोटी सोच्नुहोस् त, कसले यस्तो वातावरण बनायो, जहाँ पुस्तौँअघि बनेका माटोकै घरमा बस्न हामी अहिले बाध्य छौँ? कसले त्यस्तो वातावरण बनायो जहाँ नियम मिची जथाभावी कमसल घर–बाटो बनाउन दिइयो? प्रजातन्त्र आएको दुई दशक

Continue reading भूकम्पको के दोष!


विपत्‌को बेलामा देशले फड्को मार्ने रणनीति

“बेलामै तयारी नगर्ने नेतृत्वले समयमै रक्षा गर्न पनि सक्दैन।”

वैशाख १२ गते मध्याह्नमा जब ७.८ रेक्टर स्केलको भूकम्प गयो तब हामी सबैलाई यसको अर्थ महसुस हुन थाल्यो। गएको १ महिनामा हामी हजारौं अाम नागरिकलाई साथ लिई १७ जिल्लाका ३०० भन्दा बढी ठाउँमा राहत  र साथै २०० भन्दा बढी चिकित्सक टोलीहरु परिचालन गर्यौं। त्रास हटाउन मनोवैज्ञानिक परामर्शदाताको काम र महामारी फैलन नदिन सामाजिक स्वास्थ्यकर्मीलाई पनि परिचालन गर्यौं। महाविनाशकारी भूकम्पले सिर्जना गरेको अपार क्षतिसँग जुध्ने क्रममा सिकेका यी अनुभवहरुबाट विवेकशील नेपाली दलले देशको उत्थानको लागि ‘पाँच -आर (5R) रणनीति’ अघि सारेको छ। यस रणनीतिलाई हामीले यी को चरणमा वर्गीकरण गरेका छौं।

१) उद्धार (Rescue),
२) राहत (Relief),
३) पुनर्स्थापना (Rehabilitation),
४) पुनर्निर्माण (Reconstruction), र
५) पुनर्उत्थान (Resurgence)

BibekSheel 5R Strategy भुकम्प पछिको विवेकशील रणनीति

अहिले नेपालमा उद्धार र राहत चरणको समाप्त हुँदै गरेको छ र पुनर्स्थापना चरणको सुरुवात हुन लागेको छ।अहिले सरकार लगायत सयौं संघसंस्था एवं व्यक्तिहरु स्वयंसेवी भावना बोकेर गाउँ गाउँमा उद्धार र राहत वितरणमा खटिईरहेका छन् । प्रभावितको दैनिक जीवनलाई सामान्य एवं सहज तुल्याउन उद्धार र राहत मात्र होईन

Continue reading विपत्‌को बेलामा देशले फड्को मार्ने रणनीति


Kathmandu Valley voted the most beautiful city in the world!

Version 1.0. नेपालीमा यहाँ पढ्नु होला

   

“Kathmandu Valley voted the most beautiful city in the world of 2030!” – Time Magazine.

Time magazine’s 2030 year-end cover page has just labeled Kathmandu Valley as the “Shining Pearl” of Asia! The world news media is abuzz with disbelief. “How could this city, shaken to the core by a terrible 7.8 magnitude earthquake in 2015, transform to such a beauty within 15 years? What is Kathmandu’s secret here?” The magazine presents 10 convincing reasons from the world’s respected urban planners and city living legends who overwhelmingly voted, “Kathmandu Valley as the most beautiful city in the world in 2030.”

  1. Kathmandu: The servant government city.
  2. Kathmandu: A city of contradictions.
  3. Kathmandu: The greenest city in the world?
  4. Kathmandu: The living heritage city.
  5. Kathmandu: The ‘recycle it all’ city.
  6. Kathmandu: The city that never sleeps…
  7. Kathmandu: An energy+ city.
  8. Kathmandu: City of wanderlust.
  9. Kathmandu, A city of common-sense.
  10. Kathmandu, The start-up capital of Asia!

nyatapola-main-art

  1. Kathmandu: The servant government city.

Continue reading Kathmandu Valley voted the most beautiful city in the world!


तयारी नगर्ने नेतृत्वले समयमै रक्षा गर्न पनि सक्दैन!

Read In English

“तयारी नगर्ने नेतृत्वले समयमै रक्षा पनि गर्न सक्दैन।” वैशाख १२ गतेको मध्याह्नमा ७.८ रेक्टरको भूकम्प जब गयो तब हामी सबैलाई यसको अर्थ महसुस हुन थाल्यो। अाधा घण्टाभित्रै जब हामी महाराजगंज स्थित शिक्षण अस्पताल मद्दत गर्न पुग्यौँ त्यहाँ ल्याईएका घाईतेका चापले स्थिति सम्हाल्न गाह्रो थियो । यस्तो विनाशकारी भुकम्प अाउँदाको बेलाको लागि विवेकशील नेपाली दलले पहिल्य नै एउटा स्पष्ट नियम बनाएको थियो – सबै सदष्यले अाफ्नो परिवार सकुशल रहेको थाहा पाउने बित्तिकै अाफ्नो नजिकैको अस्पताल गई त्यहाँका सरकारी निकायलाई मद्दत गर्न थाल्ने। त्यही मान्यता अनुरुप त्यहाँ पुगेका हामी सदस्यहरु सर्वसाधारण नेपालीहरुसँग मिलेर जीवन र मरणको बीचमा रहेका अनगिन्ती नेपालीका ज्यान जोगाउन शिक्षण अस्पतालका डाक्टर र नर्सहरुलाई मद्दत गर्न थाल्यौं।

अकस्मात् अस्पतालमा हजारौँको चाप बढेकोले अस्पतालमा अापत्कालीन अौषधी नै सकियो। तुरुन्तै नर्स, डक्टर, पुलिस, र सर्वसाधारण सबैले मन मात्र होइन, खल्ती खोल्न थाले। झट्टै उठेको एक लाख रुपैँयाले तुरुन्तै ती जीवन बचाउने अौषधी किन्यौँ। त्यहाँ सबैको एउटै उद्देष्य थियो, जति सक्दो धेरै नेपालीको ज्यान बचाउने। अस्पतालको बगैंचा पुरै खुल्ला अस्पताल कक्ष बनेको थियो। कालो, रातो, पहेंलो, हरियो क्षेत्र घोषणा गरेर बिरामीलाई त्यही अनुरुप स्थानान्तरण गरियो । अस्पताल विस्तारै व्यवस्थित बन्दै गयो। अझ व्यवस्थित बनाउन हामीले अस्पताल परिसरमा सहयोग कक्ष सुचारु गर्यौं।

गएको

Continue reading तयारी नगर्ने नेतृत्वले समयमै रक्षा गर्न पनि सक्दैन!