लेखक – सन्तोष भण्डारी ( भाषा सहयोगी – जीवन श्रेष्ठ, मिलन पाण्डे र उज्वल थापा)
एक हफ्ता अघि २०७१ फागुन २८ गतेका दिन म आफु जन्मेको बाग्लुङ जिल्लाको बुर्तिबाङ गाउँबाट काठमाडौँ आउने क्रममा म्याग्दी जिल्ला कहिल्यै नघुमेको हुनाले त्यहाँ हुँदै काठमाडौँ आउने विचार गरेँ। अनि एक्लै त्यतातिर आफूलाई मोडेँ। दिनभरिको पैदल यात्रा पश्चात् मेरो पहिलो रात बाग्लुङको उत्तरी भेग लाम्बेलामा बित्यो। दोस्रो दिन सबेरै चिया खाजा खाएर म सोलेडाँडा तिर लम्के। बाटोमा जंगल नै रातो हुने गरि ढकमक्क फुलेका लालीगुराँसहरु हेर्दै, तिनका रस पनि मज्जाले चाख्दै, सामुने नै देखिने धवलागीरि, माछापुच्छ्रे र अन्नपुर्ण हिमालहरुको अानन्द लिदैँ लगातार ४ घन्टाको एक्लो पैदल यात्रा पश्चात् दर्बांङ खोलाको किनारमा आइपुगेको पत्तै भएनछ।
कच्ची मोटर बाटोमा लगातार २ घण्टा हिंड्दा एउटा पनि गाडी चलेको देखिन। एउटा गाडी भने नचलेर बाटोको साइडमा थन्किएको थियो। त्यसरी म दिउँसोको १ बजे फुलबारी नजिकै आइपुगेको के थिएँ, अलि पर खोला पारी मैले ३ जना महिला एकै ठाउँ बसिरहेको देखेँ। अनि नजिकै एक जना केटा मान्छे पनि देखा पर्यो। नजिक पुग्दा त्यो २० वर्ष पनि भरखरको
Continue reading राज्यको नीतिले डढेलो लगाएको एक सुत्केरीको ब्यथा