नेपालमा उद्दमी नै किन बन्ने?

 Read in English here.

आजकल नेपालका चियापसलहरुमा एउटा रमाइलो ठट्टा निकै चर्चामा छ –

“एक जना नेता बन्यो भने १०० रोजगार बर्बाद गर्छ रे तर उ उद्दमी बन्यो भने १०० रोजगार सिर्जना गर्नसक्छ।”

त्यसै कारणले अहिलेका युवाहरुले आफ्नो व्यक्तिगत,पेशागत एवं मनोबल विकासका साथ-साथै देश बिकासको लागी भए पनि उद्दमशिलताको बाटोलाई रोज्नु अत्यन्त जरुरी छ।

उद्दमीले आफ्नो लागि मात्र होईन अरुका लागि पनि अवसरहरु सिर्जना गर्दछन्। नेपाल जस्तो बेरोजगारीको मारमा परेको देशमा उद्दमीको अझ बढि खाँचो छ किनकी यहाँ अवसरहरु केहि सिमित व्यक्तिहरुले मात्र पाइरहेका छन् भने बेरोजगारीको महामारी छ ।

उद्दमशीलताले कस्तो सम्म परिर्वतन ल्याउन सक्छ भन्ने कुरा हेर्न हामी खासै टाढा जानु पर्दैन – छिमेकी राष्ट्र भारत र चीनमा यो प्रश्टै देख्‍न सक्छौं । एक जिम्मेवार सरकारले बढि भन्दा बढि उद्दमीको सिर्जना गर्न र उनीहरु‌लाई मद्दत पुर्‍याउन सदैव अग्रसर हुनुपर्छ र उद्दमशीलतालाई नै प्राथमिकता दिनु पर्दछ।

उद्दमीले कसरी नेपालको रुपान्तरण गर्दछन् त ? 

• उद्दमीले नेपालका समस्याहरुको समाधान गर्छन्।
आजकल नेपालमा हामीले थुप्रै समस्याहरुको चर्चा सुन्छौं। यो सुन्दा त जताततै समस्यैको पोको होला ठानिन्छ तर उद्दमीहरु यस्तै समस्यालाई नै अवसरको रुपमा हेर्छन् र यसको समाधन निकाली नेपालीको जिवन स्तर उकास्ने बाटोमा लाग्छन् जानी वा नजानी। समस्याहरुको हल गर्ने क्रममा

Continue reading नेपालमा उद्दमी नै किन बन्ने?


लूटको चक्रब्युँमा फसेका छौँ हामी हरेक नेपाली !

Read in English here.

vicious cycle in Nepal

हामी नेपालीहरु अहिले एकदमै डरलाग्दो लूट (ठगी) को चक्रब्यूहमा फसेका छौं।

एकै छिन् यो घटनाको कल्पना गरौं।

“म हतारिदै काठमाण्डौंको दरवारमार्गमा आफ्नो जरुरी व्यापारिक भेटको लागि एउटा भावी ग्राहकलाई भेटन गइरहेको हुन्छु। मलाई ढिलो हुदैंछ। बाटोमा ट्राफिक पनि अलि तनावपूर्ण नै छ त्यसैले मैले ट्याक्सी चढ्ने निधो गर्छु। ट्याक्सी चालक हेर्दा अधबैंशे उमेरको देखिन्छ।  हेर्दा नराम्रो मान्छे जस्तो पनि देखिदैन। तर उसले कृतिम मिटरमा राखेर मलाई ठग्ने निधो गर्छ ।

यस्तो नगरोस पनि किन! काठमाडौंको महंगीमा परिवार धान्नै अत्ति भैसक्यो, उन्‌को ट्याक्सी साहूलाई कमाओस नकमाओस ठोस रकम दिनहुँ बुझाउनै पर्छ अनि बचेको नाफा बाट परिवारको लागी रासन पानी किन्नै पर्‍यो। भनेपछि केहि त गर्नै पर्‍यो नाफा बढाउन, त्यसैले उसले मलाई मिटरबाट ठगेर बढि पैसा लिन्छ। म चुपचाप नुन खाको कुखुरा जस्तो भएर मनमनै रिसले चुर भएर बस्छु। आफू ठगिएको थाहा छ मलाई तर ठोस प्रमाण केहि नभएको कारणले केहि भन्न सक्दिन। मैले पैसा तिर्न त तिर्छु तर मलाई वाक्क लाग्छ र मनमनै उस्‌लाई धिक्कार्छु।

त्यहि साँझ, ट्याक्सी चालक आफ्नो चारजनाको परिवार बस्ने डेरामा जान्छ।

Continue reading लूटको चक्रब्युँमा फसेका छौँ हामी हरेक नेपाली !


Scrap SLC ! It is a waste of our money and time

In Nepal, each of us remembers giving that dreaded, hated SLC (School leaving certificate) exams, “the iron gate”.
I believe that SLC is now an obsolete concept that should be thrown off a cliff !
Here are some reasons why.

नेपालीमा सुन्नुहोस् ‘एस-एल-सी किन समय-श्रोतको बरबादी)

1) SLC discriminates of both good performing and bad-performing students:

Having SLC (standardized tests) is bad on two levels.  First: if you are better educated, you still have to still study for an inferior test and waste 2 years on it (in other words be dumber). (For example, this is true for a lot of private school students whose English skills go down with the SLC outdated and averaged down curriculum).

Second – if you have had a bad education so far (as in many public schools in villages across Nepal), you don’t have the burden of being forced to take an unfair test to remind yourself how inferior you are to those who have had better education to excel on this test. Every Nepali students deserve a test that improves your self-confidence and dignity than the humiliation they get now. People

Continue reading Scrap SLC ! It is a waste of our money and time


Rajendra Khetan a multi-generational entrepreneur from Khetan group

Rajendra Khetan leads the Khetan Group, one of the oldest business-families in Nepal. The oldest of three brothers of Khetan family, he is the Chairman of Laxmi Bank and PrimeLife Insurance, and the President of Nepal Britain Chamber of Commerce and Industries and Everest Insurance  among others.

Rajendra Khetan from Khetan group

In the Last Thursdays interaction program, jointly organized by the Entrepreneurs for Nepal and Samriddhi, the prosperity foundation in March 2012, Mr. Khetan voiced his belief that entrepreneurship is the only way for development in Nepal, he admits he is just adding bricks on top of the business that his ancestors started more than a century ago.

The Khetan family business started in Nepal almost 170 years ago during the Nepal-Tibet War, popularly known as Bhot ko Ladai, when Mr. Rajendra Khetan’s great, great-grandfather Mr. Kishun Ram started supplying rice and salt to the Nepalese soldiers. Since then the Khetan family never looked back.

After starting their family business in 1845 as small traders, the Khetan family started importing fabrics from India in 1910. Finally, in the

Continue reading Rajendra Khetan a multi-generational entrepreneur from Khetan group


हेर्नुहोस् – हामी हरेकको परिवार भित्र एक होईन धेरै जातको रगत मिस्सिएको छ

 

Unity-with-diversity-small

अाफ्नै पुस्ताको ईतिँहास पल्टाउदैँ जादाँ  हामी हरेक भित्र एक जाती मात्र होईन धेरै जाती को रगत मिस्सिएको छ, बहु पहिचान छ। अझ भावी सन्ततिको स्थितिलाई अबलोकन गर्‍यौँ भने त यहि सत्य सावित हुँदैछ।

जन्मदाँ मेरो थर – क्षेत्री परेछ।

  1. मेरो बुहारी स्पेनिस मुलकी छिन् अब मेरो भतिजो चाहिँ कुन जातको ?
  2. गाँऊमा एक भाउजु मगर हुन् अब मेरो भतिजी कुन जातको ?
  3. दाईले राई मुलकी भाउजु ल्याउनु भयो, उन्‌को घोर्ले छोरोलाई कताको भन्ने ?
  4. एउटा भतिजोले नेवार बिहे गरे अर्कोले गुरुङ्, उन्‌का जहान कुन जातीमा राख्‍ने ?
  5. मेरो भान्जी बाहुनको बुहारी, अनि उन्‌को छोरो कुन जाती ?
  6. गाउँको मगर भाईको गुरुँङ्को छोरीसँग टिकोटालो गरे, अब उनीहरुको नानी लाई कुन जाती भन्ने ?
  7. अरबमा दु:ख गरि राख्नु भएको दाईले कृष्टिएन भाउजु ल्याउनु भो, उन्‌का सन्तानलाई हामी के भन्ने ?
  8. परम मित्र एक सेर्पा साथीले नेवार साथीलाई बिहे गरे, अब उनीहरुका दुई सन्तानलाई कसरी ब्याख्या गर्ने?
  9. दिदीले तामाँङ् मुलकी बच्चालाई गोद लिनु भो, अब यो परिवारलाई कुन जातीमा हामीले राख्‍ने ?
  10. म आफै जन्मे-हुर्केकोले हिन्दु, बुद्धले देखाएको मार्ग हिडँन खोज्दैछु, मुस्लिम सुफी कवि ‘रुमी’ मेरो मनैछुने व्यक्तित्व हुनुहुन्छ, क्रिष्टिएन बाहुल्य कलेजमा जीवनलाई चाहिने जति अर्ति-वुद्धि

Continue reading हेर्नुहोस् – हामी हरेकको परिवार भित्र एक होईन धेरै जातको रगत मिस्सिएको छ