हामी आफूलाई वीर गोर्खाली (नेपाली) भन्छौँ तर व्यवहारमा – कायर नेपाली !
कसरी ? भनी सोध्नु होला।
यसरी …
- • आफ्नै परिवारलाई हात हाल्न नडराउने तर भ्रष्टाचार गर्नेहरुलाई औँलो ठड्याउन डराउने
- • हामी – वीर गोर्खाली कि कायर नेपाली?बिजुली, पानी, ग्यासँ, पेट्रोल जस्ता आधारभुत आवश्यकताबाट दिनहुँ बंचित हुँदा पनि सडकमा आउन डराउने हामी वीर गोर्खाली कि कायर नेपाली?
- • हल्लै हल्लाको बन्दमा घरै डराएर लुक्ने हामी वीर गोर्खाली कि कायर नेपाली?
- • १३ बर्ष सम्म स्थानिय नेतृत्व नहुँदा पनि चुप लागेर पहिले कै भातमाराहरुको राज सहने हामी वीर गोर्खाली कि कायर नेपाली ?
- • आर्यघाटमा भन्दा बढि बिदेशी दुताबास अगाडि रुने हामी वीर गोर्खाली कि कायर नेपाली?
- • देश टुक्याउन खोज्नेका बिरोध, खाली चिया पसल भित्र मात्र गर्ने हामी वीर गोर्खाली कि कायर नेपाली?
- बाटोमा फोहर फाल्ने, ढल नदिमा मिसाउने, लाईन मिच्ने जस्तालाई देखे पनि नदेखे जस्तो गरी पाखा लाग्ने हामी – वीर गोर्खाली कि कायर नेपाली?
- • बागमतीको किनारबाट सुकुम्बासीलाई हटाउदाँ फेसबुकमा कडा बिरोध गर्ने तर असक्षम ६०१ लाई संबिधानसभाबाट हटाउन चाहिँ सडकमा एक मिनेट नउभिने हामी – वीर गोर्खाली कि कायर नेपाली?
- • बिदेशीसँग थर्कमान हुने, पैसा घोप्टो पारी माग्ने तर देशलाई गरिब
Continue reading भुत्रो वीर गोर्खाली – हामी त कायर नेपाली