tips – WhyNepal.com http://www.whynepal.com नेपाली भन्ने कि बन्ने? Your time to Lead Nepal! Sun, 05 Jun 2016 06:23:27 +0000 en-US hourly 1 https://wordpress.org/?v=4.5.2 http://i2.wp.com/www.whynepal.com/wp-content/uploads/cropped-tumpak-whynepal-logo-e1363328285738.png?fit=32%2C32 tips – WhyNepal.com http://www.whynepal.com 32 32 विधार्थी साथीहरुलाई यी १२ कार्य गर्न मेरो च्यालेन्ज :) /tips/challenge-for-college-students/ Sat, 30 Apr 2016 04:15:04 +0000 /?p=11176  

विधार्थी साथीहरुलाई कलेज सक्काउनु अघि मेरो यो १२ कार्य गर्न च्यालेन्ज 🙂 Read in English
अन्तिममा छोटो भिडियो पनि छ यसै बारे।

१) ईन्टर्नशीप गर्नुहोस्: पढ्दा पढ्दै बर्षमा एक पटक स्कुल-कलेज बाहिरको दुनियाँमा गएर कुनै संगठन, व्यवसाय वा अभियानमा सित्तैमा काम गर्नुहोस्। व्यवहारिक शिक्षा हाम्रो स्कुल र कलेजमा पाईदैँन। ‘ईन्टर्न’ गरेरै वास्तविक जिन्दगीको लागि तयारी गर्नुहोस्।

२) प्रदशन गर्न लाग्नुहोस्: कलेज-स्कुलमा नाच-गान, नाटकमा वा परोपकारी कार्यको लागि श्रोत संकलन गर्न लाग्नुहोस्। अाफ्नो बौद्दिक विविधतालाई फराकिलो बनाउनुहोस्, ढिलो भन्दा चाँडो अाफ्नो अात्मविश्वास बढाउनुहोस्।

३) अर्थ-बारे सिक्नुहोस्: हाम्रो जीवनमा वित्त/अर्थ कसरी काम गर्छ राम्ररी सिक्नुहोस् (अाजै “कम्पाउन्ड ईन्ट्रेस्ट” र “एक्सपोनेनसियल फन्कसन” कसरी काम गर्छ-अनुसन्धान गर्नुहोस्। सम्पन्नताले हामीलाई अाफ्नो सपना तिर उन्मुख हुन स्वतन्त्रता दिलाउँछ । त्यसैले य़सको अाधारभुत अाधार सिकम् !

४) अनुदान दिनुहोस्: अाफुले जे पाउनु हुन्छ त्यसको कम्तिमा १० को १ भाग दान दिने नियम बनाउनुहोस्। करुणा गर्नु भनेकै अनजानहरुलाई अाफु सँग भएको कुरा बाँड्नु हो जसले तपाईँको गुण थाहै पाउन्नन्।

५) यात्रामा जानुहोस्

Continue reading विधार्थी साथीहरुलाई यी १२ कार्य गर्न मेरो च्यालेन्ज :)

The post विधार्थी साथीहरुलाई यी १२ कार्य गर्न मेरो च्यालेन्ज :) appeared first on WhyNepal.com.

]]>
नेपालको भारत (र चीन) प्रति कस्तो नीति हुनु पर्छ ? /thought-provoking/nepal-foreign-policy/ Mon, 22 Feb 2016 04:08:08 +0000 /?p=11106 नेपालको लागि २१ वौँ शताव्दी सापेक्ष परराष्ट्र नीति, “उत्तर दक्षिण नीति”

Nepal center of the world mapसन् २०५० सम्ममा संमृद्धिका हिसाबले नेपालको उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारत क्रमश: पहिलो र तेस्रो स्थानमा रहने प्रक्षेपण गरिएको छ।  नेपालको अहिलेको गति, भताभुंग नीति र नेतृत्वमा छिमेक प्रति देखिएको अन्योलपन हेर्दा नेपालको सामू एकातिर अाफ्नो अस्तित्व नै रक्षा गर्नुको चुनौती छ भने अर्कोतिर दुबैको अपार सम्पन्नताको लाभ पाउने अपार अवसर छ।

ऐतिहासिक कालदेखि नेपालले बडो संयमका साथ भारत र चीनलाई सम्हालेर आफ्नो सार्वभौमिकता जोगाउंदै अाएको छ। विश्वका सफल मुलुकहरुले अाफ्नो विदेश नीतिलाई आफ्नो मुलुकलाई  संमृद्ध बनाउनेतर्फ जोडेका हुन्छन् जसलाई हासिल गर्न अन्तरनिर्भरता, रणनीतिक मित्रता तथा समस्याको सामयिक र उचित सम्बोधन गर्ने नीतिमा निकै ध्यान दिने गर्छन्। तर विगत २०औं शताब्दीदेखि नेपालको विदेश नीति, त्यसको ठीक विपरित, विरोधाभासपूर्ण र प्रतिक्रियात्मक रहिआएको छ।  नेपालका तत्कालीन शासकहरुले निम्त्याएका कैयौं प्रत्यक्ष तथा अप्रत्यक्ष विदेश हस्तक्षेपले नेपालको समृद्धितर्फको यात्रामा असर गर्यो। अहिले भैरहेको नाकाबन्दीले देखिएको असरबाट हाम्रो दशकौंदेखिको विदेश सम्बन्धको बेवास्ताको प्रतिफल हामीमाझ उजागर गर्यो। नेपाल अहिले शक्तिशाली छिमेकीहरुका वीच एक परनिर्भर, अस्थिर तथा गरीब मुलुकको रुपमा नाङ्गिएको छ।    

नेपालले निकट भविष्यमा छिमेकीसंगै समृद्ध मुलुक बन्नेतर्फ अग्रसर नभए ती ठूला

Continue reading नेपालको भारत (र चीन) प्रति कस्तो नीति हुनु पर्छ ?

The post नेपालको भारत (र चीन) प्रति कस्तो नीति हुनु पर्छ ? appeared first on WhyNepal.com.

]]>
How to distinguish between a leader or ruler in Nepal ? /governance/know-your-leader/ Fri, 23 Oct 2015 04:04:28 +0000 /?p=10068 Here are some differences I have noticed between our Nepali rulers stuck in 19th/20th century status quo and the 21st century relevant leaders that Nepal probably wants.

What we have:
Rulers

What we seek:
Leaders

Romanticizes on 19th & 20th century ideologies without evolving. are pragmatic and willing to change views when proved by facts and research
Believe in ‘Win – Lose’ Believe in ‘Win -Win’
Teaches followers to ‘follow’ Mentor followers to ‘lead’
Transparency is ‘dreaded’ Transparency is ‘compulsory’
Accountable to only ‘followers’ Accountable to ‘citizens’
Response style: “beat around the bush Response style: Straight to the point .
Over-promises, under-delivers Under-promises, over-delivers
Good speeches Good outcomes
Divide and rule Unite and

Continue reading How to distinguish between a leader or ruler in Nepal ?

The post How to distinguish between a leader or ruler in Nepal ? appeared first on WhyNepal.com.

]]>
सन् २०३० मा संसारकै सुन्दर शहर घोषित – “काठमाडौं उपत्यका !” /governance/worlds-most-beautiful-city/ Mon, 27 Jul 2015 04:00:50 +0000 /?p=9969 Read this in English.
यसको छोटो संस्करण नागरिक पत्रिकामै पढ्नु है।

नेपाल भरिका साथीहरुले यो पढ्दा काठमाडौँको सट्टा अाफ्नै गाउँ-शहर सम्झी पढ्नु होला है! धन्यवाद।

 

“सन् २०३० मा संसारकै सुन्दर शहर-
काठमाडौं उपत्यका!”
– विश्व विख्यात टाइम पत्रिका

टाइम  पत्रिकाले यसरी बर्षको अन्तिम संस्करणको पहिलो पृष्ठमा काठमाडौं उपत्यकालाई एशियाको “चम्किलो मोती” घोषणा गरि दिएकोमा विश्व जगतमा हलचल मच्चिएको छ। सन् २०१५ मा ७.८ रेक्टर स्केलको भुकम्पको चपेटामा परेको यो शहरले पछिल्लो १५ वर्षको अवधिमै कसरी यस्तो छलाङ्ग मार्यो – सबैलाई चाँसोको बिषय बनेको छ ।

काठमाडौं उपत्यकालाई सन् २०३०मा संसारको सबैभन्दा सुन्दर शहर चुन्नमा विश्व-विख्यात शहरी विकास योजनाविद् तथा अग्रज हरु सामेल निर्णायक मण्डलले १० विशेष कारण दिएका छन्।

१. काठमाडौं: सेवक सरकार शहर
२. काठमाडौं:  विविधता झल्कने शहर
३. काठमाडौं: विश्वकै हराभरा शहर
४. काठमाडौं: सम्पदा शहर
५. काठमाडौं: पुन:प्रयोगीय शहर
६. काठमाडौं: नसुत्ने शहर
७. काठमाडौं: उर्जा-प्लस शहर
८. काठमाडौं: मस्त रमाउने शहर
९. काठमाडौं: विवेकशील शहर
१०. काठमाडौं: उद्यमीका राजधानी

nyatapola-main-art-nightContinue reading सन् २०३० मा संसारकै सुन्दर शहर घोषित – “काठमाडौं उपत्यका !”

The post सन् २०३० मा संसारकै सुन्दर शहर घोषित – “काठमाडौं उपत्यका !” appeared first on WhyNepal.com.

]]>
भूकम्पको के दोष! /governance/earthquake-or-leadership-culprit/ Fri, 19 Jun 2015 04:00:11 +0000 /?p=9936 dharahara

एकैपलमा झण्डै ९,००० नेपाली मारिनुमा भूकम्प जिम्मेवार कि अहिलेसम्मको राजनीतिक–आर्थिक–सामाजिक संरचना? भूकम्पलाई दोष दिने हो भने यो त प्राकृतिक नियमितता हो। हरेक वर्ष संसारभरि यस्ता प्राकृतिक विपत्ति आइरहन्छन्–गइरहन्छन्। केही दिनअघि जापानमा पनि नेपालमा जस्तै ७.८ रेक्टरको भूकम्प गयो। तर, त्यहाँ एक जना पनि मरेनन् त! त्यसो भए के फरक रह्यो त त्यहाँ र यहाँ?

मूल कुरो त्यहाँको नेतृत्व र संरचनाले आफ्नो नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता बनाएको छ। हाम्रो नेतृत्वको चेतनामा नागरिक रक्षा महत्वपूर्ण कुरा हो भन्ने नै छैन। किन यस्तो भयो त? पहिलो कुरो त जीवन रक्षा गर्ने भनेको के हो त्यो बुझ्नुपर्छ। विपत् परेपछि बचाउनु मात्रलाई जीवन रक्षा गरेको मान्ने कि पूर्वतयारी गरी ज्यान बचाउने संरचना र चेतना जगाउनेलाई पनि भन्ने? विपत् आएपछि त जनावरले पनि जीवन रक्षा गर्छ। मानव त त्यो हो, जसले विपत् आउनुअघि नै बच्ने तरिका बनाइसकेको हुन्छ। यही कारण ऊ र उसको समाजको क्षति न्यून हुन्छ। एकचोटी सोच्नुहोस् त, कसले यस्तो वातावरण बनायो, जहाँ पुस्तौँअघि बनेका माटोकै घरमा बस्न हामी अहिले बाध्य छौँ? कसले त्यस्तो वातावरण बनायो जहाँ नियम मिची जथाभावी कमसल घर–बाटो बनाउन दिइयो? प्रजातन्त्र आएको दुई दशक बित्दा पनि कसले नजिकको

Continue reading भूकम्पको के दोष!

The post भूकम्पको के दोष! appeared first on WhyNepal.com.

]]>