तपाईँका अाउदाँ दिनहरु विवेकशील रहोस्। यहि मेरा केहि शुभकामनाहरु तपाईँलाई 🙂
आउँदा दिनहरुमा तपाईं ….
१)… अझै चोर्नु है !
आफ्नो लागि पर्याप्त समय चोर्नु होला ताकि आफूलाई मन लागेको कार्य गर्न पुगोस्। अाफ्नो जीवनको औचित्य गहिरिएर बुझ्न सक्दो समय लिए कसो होला?
२)… नियमको भरपूर उल्लङ्घन गर्नु है !
रुढिवादी समाज वा यथास्थितिवादी व्यक्ति-विशेषले बनाएका “यसो गर्, उसो नगर्” जस्ता अत्याचारी नियमहरुका सोझै उल्लङ्घन गरौँ न। आजैदेखि आफू नै आफ्नो नैतिक मार्गदर्शक बन्ने होइन ?
३)… बकैदा लड्नु है !
दिनहुँ हुने साना-तिना अन्यायहरु विरुद्ध जमेर भिडौँ न। चाहे त्यो ट्राफिक नियम उल्लघंन गराइमा होस् वा बाटोमा फोहोर फाल्ने गैर-जिम्मेवार टोलहरुमा; यी सबै कु-संस्कार विरुद्ध कम्मर कसेर जाई लागे कसो होला?
४)… जुत्ताकै माला लगाउनु है!
विवेक जगाउन यस्ता रचनात्मक कार्य गरौँ कि मतलवी, गैरजिम्मेवारहरु रिसाई तपाईंलाई जुत्ताको माला लगाउन वा कुहिएको गोलभेडाले हान्न जाई लागोस्। नआत्तिनुहोस्, यस्तो दिन आउनु भनेकै उनीहरु हारको नजिक पुगेको संकेत हो । यस्ता कार्यमा लाग्ने होइन त?
५)… दिनहुँ आफ्नो मृत्युलाई अँगाल्नु है !
“एक दिन सबै मर्नु नै
Continue reading आँउदो वर्ष अझै चोर्नु, घरै बेच्नु, जुत्ताकै माला लगाउनु अनि ‘यो’ जीवनै त्याग्नु !