विधार्थी साथीहरुलाई यी १२ कार्य गर्न मेरो च्यालेन्ज :)

विधार्थी साथीहरुलाई कलेज सक्काउनु अघि मेरो यो १२ कार्य गर्न च्यालेन्ज 🙂 Read in English
अन्तिममा छोटो भिडियो पनि छ यसै बारे।

१) ईन्टर्नशीप गर्नुहोस्: पढ्दा पढ्दै बर्षमा एक पटक स्कुल-कलेज बाहिरको दुनियाँमा गएर कुनै संगठन, व्यवसाय वा अभियानमा सित्तैमा काम गर्नुहोस्। व्यवहारिक शिक्षा हाम्रो स्कुल र कलेजमा पाईदैँन। ‘ईन्टर्न’ गरेरै वास्तविक जिन्दगीको लागि तयारी गर्नुहोस्।

२) प्रतिभा निकाल्नुहोस्: कलेज-स्कुलमा नाच-गान, नाटकमा वा परोपकारी कार्यको लागि श्रोत संकलन गर्न लाग्नुहोस्। आफ्नो बौद्दिक विविधतालाई फराकिलो बनाउनुहोस्, ढिलो भन्दा चाँडो आफ्नो आत्मविश्वास बढाउनुहोस्।

३) अर्थ-बारे सिक्नुहोस्: हाम्रो जीवनमा वित्त/अर्थ कसरी काम गर्छ राम्ररी सिक्नुहोस् (आजै “कम्पाउन्ड ईन्ट्रेस्ट” र “एक्सपोनेनसियल फन्कसन” कसरी काम गर्छ-अनुसन्धान गर्नुहोस्। सम्पन्नताले हामीलाई आफ्नो सपना तिर उन्मुख हुन स्वतन्त्रता दिलाउँछ । त्यसैले य़सको आधारभुत आधार सिकम् !

४) अनुदान दिनुहोस्: आफुले जे पाउनु हुन्छ त्यसको कम्तिमा १० को १ भाग दान दिने नियम बनाउनुहोस्। करुणा गर्नु भनेकै अनजानहरुलाई आफु सँग भएको कुरा बाँड्नु हो जसले तपाईँको गुण थाहै पाउन्नन्।

५) यात्रामा जानुहोस्

Continue reading विधार्थी साथीहरुलाई यी १२ कार्य गर्न मेरो च्यालेन्ज 🙂


शान्त र समृद्ध राष्ट्रका आधार के हो २१औँ शताब्दी?

पुँजीवादी राज्य बनाउने कि समाजवादी राज्य? कल्याणकारी राज्य कि साम्यवादी राज्य? बिगत दुई दशक भन्दा बढिका प्रतक्ष प्रजातान्त्रिक अभ्यासमा यो देशमा कस्तो राज्य व्यवस्था बनाउने भन्ने विवादमा नै नेपाली राजनीति रुमल्लिई रहेको देखियो। २१ औँ शताव्दीमा के अब पनि नेपाली राजनीति व्यवहार केन्द्रित नभई, यस्तै राज्य बनाउने वा उस्तै राज्य बनाउने भन्ने सवाल मै सिमित रहने हो त? राज्य मात्र होइन, नागरिक कस्तो बनाउने, समाज कस्तो बनाउने वा सरकार कस्तो बनाउने यस बारे किन परम्परागत नेपाली राजनीतिक दलहरुले ध्यान पुर्याउन सकिरहेको छैनन्?

Read this article in English

नेपाल राष्ट्रको समुन्नतिका लागि राजनीतिले राजनीतिकै परिभाषा र व्यवहारलाई नै फराकिलो पार्ने साहस गर्नुपर्छ। अब राज्य मात्र होईन, नागरिक, समाज र सरकार सबैमा समयसापेक्ष रुपान्तरण गर्नु जरुरी छ। राज्य त घरको छानो मात्र हो, जग, भित्ता र भऱ्याङ्ग त नागरिक, समाज र सरकार नै हो, तिनैमा परिवर्तन नभई छानो कै मात्र कुरागर्दा सबथोक लथालिंग हुन्छ। बिगतको लामो राजनीतिक उतारचढावले एउटा कुरा प्रश्ट देखाएको छ कि अबको राजनीति नयाँ भएर मात्र पुग्दैन, यो नितान्त पृथक ढंगबाट अघि बढ्न सक्नुपर्छ। त्यसको लागि अबको राजनीतिले व्यवहार, मान्यता, संरचना र शिद्धान्त सबैमा २१ औँ शताव्दी सापेक्ष राजनीतिक नविनता अपनाउनै

Continue reading शान्त र समृद्ध राष्ट्रका आधार के हो २१औँ शताब्दी?


तपाईँलाई नेतृत्व बनाउन दिने तर नेतृत्व चाहिँ बन्न नदिने संविधान

यदि संविधानले तपाईलाई भोट गर्न दिन्छु तर नेतृत्व बन्न चाहिँ दिन्न भन्यो भने तपाइँलाई यो कुरा पच्छ?

Article In English

यो प्रश्न सोध्नुको कारण अहिले नेपालको संविधानमा दसौँ लाख वयस्क नेपाली भोटरहरुका लागि यस्तै नियम राखिएको छ जस अनुसार उनीहरुले (शायद तपाईँले पनि) चुनावै लड्न पाउँदैनन्। कस्तो विभेदकारी नियमहरु लेखिएको छ त हाम्रो नयाँ संविधानमा?

भर्खरै घोषित नेपालको संविधान २०७२ अनुसार तपाईं देशको राष्ट्रपतिमा लड्नको लागि कम्तिमा पनि ४५ बर्ष पुरा गरेको हुनुपर्नेछ। त्यस्तै यदि तपाईं ३५ बर्ष भन्दा कम उमेरको हुनुहुन्छ भने तपाईं माथिल्लो सदनमा छिर्नै पाउनु हुन्न। यदि तपाईँ २५ बर्ष भन्दा मुनिका हुनुहुन्छ भने त प्रतिनिधि सभा (संसद) मा छिर्नै पाउनु हुन्न। यदि तपाईं २१ बर्ष भन्दा मुनिको हुनुहुन्छ भने त तपाईंलाई अाफ्नै वडा, गाउँ तथा नगरमा समेत नेतृत्व गर्न ठाडै बन्देज लगाईएकोछ।

ठुलो बिडम्बना त हाम्रो देशको ईतिहास पल्टाईयो भने नेपाल एकीकरण गर्न हिंड्दा पृथ्वीनारायण शाहको उमेर मात्र २० बर्षका थियो र उनलाई साथ दिनेहरु पनि उनी जत्तिकै उमेरका थिए। उनका सेनापति कालु पाण्डे नै २८ बर्षका थिए। यदि उनीहरुले त्यो उमेरमा देशकै स्वरुप बदल्न अाँटे भने २१औँ शताब्दीमा नेपाली युवाहरुलाई चाहिँ किन नेतृत्व बन्नबाट ठाडै रोक्ने?

“उमेरको हदबन्दी

Continue reading तपाईँलाई नेतृत्व बनाउन दिने तर नेतृत्व चाहिँ बन्न नदिने संविधान


You are allowed to vote but not allowed to lead in Nepal?

In a 21st century democracy, as a voter, no one should be restricted from our opportunity to lead simply because we are “not old enough”

नेपालीमा यो लेख पढ्न यहाँ जानुहोला 

What if the constitution of our country said, you are allowed to vote but not allowed to lead? You would be outraged, wouldn’t you? What if I told you the constitution of Nepal takes away this very right from millions of Nepali voters who can only vote but cannot stand for elections in Nepal just because they are not “mature” enough.

As per Nepal’s brand new constitution, you need to be at least 45 years to become president of Nepal. And if you are under 35, you are legally debarred from being elected to the upper house of parliament. More humiliating to millions of Nepalis is the fact that if you are under 25, you can’t contest to enter the lower house of the parliament. To make matters truly terrible, if you are under 21 years, you are simply disqualified to lead your nation anywhere, not even your local ward, village or town.

This is particularly

Continue reading You are allowed to vote but not allowed to lead in Nepal?


“भोको रहनु । मुर्ख रहनु” – एप्पल कम्प्युटरस् का संस्थापक स्टिभ जब्सका सन्देश

यो लेख एप्पल कम्पुटरस् र पिक्सार एनिमेसन स्टुडियोका सँस्थापक स्टिभ जब्सले जुन १२, २००५ को दिन स्ट्यानफर्ड विश्वविधालयमा दिएका वक्तव्यमा आधारित छ।
यो अनुवाद गर्ने  nepalinterpreters.com टिमलाई  धन्यवाद।

भिडियो सन्देश (अँग्रेजीमा)

 

“तपाईँहरु बिचमा आफुलाई यहाँ पाँउदा आज म अत्यन्त गौरांभित छु। संसारकै राम्रा मध्य एक बिश्वबिधालयबाट तपाँई उतिर्ण हुदैँ हुनुहुन्छ। म आफू चाहिँ कलेज कहिल्यै सक्काउन सकिन।  सत्य! कलेज ग्रयाजुएसनको यति नजिक आएको यो मेरो पहिलो पटक हो।  

आज म तपाँईलाई मेरो जीवनको तीन वटा कथा सुनाउछुँ। मात्र यत्ति! कुनै ठुला ठुला कुराहरु होईन, मात्र तीन वटा कथा।

पहिलो कथा हो जीवनका थोप्लाहरु जोड्ने बारे ।

म रीड कलेजमा पढ्न थालेको ६ महिना भित्रै कलेज छोडेँ तर अर्को १८ महिना सम्म यत्तिकै त्यहाँ भित्रै हल्लिरहेँ जस पश्चात पुरै नै छोडेँ। प्रश्न रह्यो – मैले किन छोडे त?

यसको उत्तर म जन्मनु अगावै शुरु भएको थियो। मेरो जन्म दिने आमा एक कलिलो, अविवाहित कलेज पढेने  बिधार्थी थिईन त्यसैले उनले मलाई अरु कोहि अरुलाई नै गोध भर्न दिने निधो गरिन् । उनलाई म कलेजबाट उतिर्ण भएकाले नै पाल्नु

Continue reading “भोको रहनु । मुर्ख रहनु” – एप्पल कम्प्युटरस् का संस्थापक स्टिभ जब्सका सन्देश