प्रायले मलाई सोध्छन् – भन न उज्वल, भविष्यको नेपाल कस्तो होला हँ ? कसरी बदलिन्छ
होला?
प्राय ठोडो उत्तर दिन्छु, “कहाँ बाट थाहा हुनु नि मलाई?” नत्र केवल हल्का मुस्कान दिदैँ
भन्छु “ठिकै हुन्छ नि – राम्रै”। तर मन भित्र चाहिँ सोची रहन्छु नेपाल भविष्यमा कता
जान्छ होला भनेर। आज त्यहि मनभित्रका सोचलाई ३० वटा भविष्यवाणीको रुपमा प्रस्तुत गरेको छु।
ल पढौँ नेपालको स्वरुप सन २०३० मा।
२०३० मा…
- अहिलेका यी सबै भातमारा असक्षम नेताहरु जसलाई तपाँई तिव्र घृणा गर्नुहुन्छ वा थुक्नु हुन्छ – तिनीहरू बिलाउनेछन्। बरु हांमी मध्यबाटै सच्चा, लगनशील र अहिले सम्म कुनै राजनितिक पार्टीसँग आबद्द नभएकै नेतृत्वहरु हाबि हुने छन् त्यस बेला।
- त्यति बेलाको नेपालको सर्वश्रेष्ट १० व्यवसायहरु अहिले शुरु नै नभाकोहरु नै हुनेछन् ।
- काठमाडौँ छिर्नेहरु भन्दा छोड्नेहरु धेरै हुनेछन्।
- नेपालमा आउने धेरै जसो पर्यटक धार्मिक कारणले नै आउँछन्।
- नेपालको सबैभन्दा ठूलो निर्यात पानी हुनेछ। अन्तराष्ट्रिय शेएर बजारमा नेपालको पानी कुनै न कुनै रुपमा व्यापार हुनेछ।( अहिले तेलको भए जस्तै)।
- नेपाल पुलिसले पुरै बर्ष भरि ८५० भन्दा कम गोली चलाउने छ।
- ४ मा १ नेपालीको दोहोरो नागरिकता हुनेछ।
- नेपाल आई-सि-सि विश्व कप क्रिकेट को आयोजक बन्नेछ। यस बेला नेपालले नै जित्छ भन्ने मेरो विश्वास छ।
- पहाडी भेगका जग्गाको भाऊ तराई र उपत्यका भन्दा बढि हुनेछ।
- नेपाल, भारत र चीन बीच आवत-जावत गर्न भिसा चाहिँदैन। ( आहिले इयूरोपमा जस्तै )
- नेपाल, भारत, चीन र अरु केहि छिमेकी देशहरू सबैले एउटै मुद्रा प्रयोग गर्नेछन। चलनचल्तीमा रहने नोटहरु मध्ये कुनै एउटा नोटमा बुद्धको तस्विर राखिने छ।
- अन्तर-राष्ट्रिय विवाह जताततै हुनेछ नेपालीहरुमा। बरु आफ्नै जात भित्र बाबु-आमाले जुराएर बिहा-बारी चाहिँ अत्यन्त न्युन हुनेछ। अझ, नेपालीहरुले पश्चिमी मुलूकका भन्दा पनि बढि चाइनिजहरु संग वैवाहिक सम्बन्ध गाँस्नेछन्, त्यस बखत।
- धारवाहिक टेली श्रृंखलाहरुको सट्टा हामी नेपालीले अनलाईन सामाजिक कम्पुटर खेलहरुबाटै मनोरञ्जन लिनेछौँ । कसैले पनि टेलिभिजन “हेर्ने“ छैनन् त्यस बेला।
- नेपालको सामाजिक संस्कृतिको बारेमा निर्णयाक भुमिका खेल्नेमा एउटा समलिङ्गी पनि हुनेछन्।
- “वीरचक्र” भन्ने जिम्मेवारी, भातृत्व र नैतिकतामा आधारित शिद्दान्त जुन हिन्दु -बौद्ध धर्मबाट उब्जिएको हुन्छ – यसलाई केहि प्रभावशाली नेपाली र विदेशीको जमातले अँगाल्नेछन् र देश-बिदेशमा सकारात्मक परिवर्तन गर्नमा टेवा पुर्याउँनेछन्।
- प्रमुख समाचारमा कवि, कलाकार र ब्लगर(लेखक)जस्ताको चर्चा बढी हुनेछ।
- सबै नेपालीहरु २४ सै घण्टा ईन्टरनेटमा रहनेछन्, आई-फोन मोबाईल फोन भन्दा १०० गुना बढि शक्तिशाली आधुनिक उपकरण बोकेर (सिधै आँखाको नानीमा लाउन मिल्ने)। यसको ब्याट्री कहिलेपनि सकिँदैन।
- कान्तिपुर, नागरिक, हिमाल र हिमालयन टाईम्स जस्ता पत्र पत्रिकाहरुको सट्टा सिधै तपाईँले आफूले सम्मान गर्ने वा मन पर्ने व्यक्तित्वहरुको प्रस्तुति वा समाचार पाँउनुहुनेछ उनीहरुबाटै र यो २४ घण्टा ७ दिनै तपाईँले पढ्न, हेर्न पाउनुहुनेछ कहिले नछुट्नेगरि।
- नेपालमा वयस्कहरुको लागि भनेर खोलेका चलचित्र व्यवसाय फस्टाउनेछन्।
- नेपाली नागरिकता नेपालमा जन्मेको आधारमा मात्र नभई योग्यताको आधारमा पनि पाईनेछ।
- नेपालले अनुदानको भिक माग्नु भन्दा बढि अरु राष्ट्रलाई सहयोग गर्न थाल्नेछ विशेषगरी “पानी” अनुदान दिएर।
- नेपाल हिमालले भन्दा त यहाँ पानी संकलन गर्न बनाइएका हजारौँ मनोरम मानव तालले प्रख्यात हुनेछ।
- महिला अधिकारको बिषयमा कुनै विवाद नै रहने छैन। बरु विवाद ईन्टरनेटबाट बाहिरिएर बस्न पाउने हक-अधिकारको लागी वा अन्य जीव-जन्तीका अधिकारको लागी हुनेछ।
- एउटा सानो “आफूलाई शुद्ध नेपाली” ठान्ने विदेशी बिरोधी समुहले मिश्रित नेपाली र नेपालमा बसेका बिदेशी बिरुद्ध आक्रमक “शुद्धिकरण” अभियान सुरू गर्न प्रयास गर्नेछन्।
- इतिँहासले २००२-२०१२ को दशकलाई “हराएको दशक”, २०१३-२०२२ को दशक लाई “उफ्रेको दशक” र २०२३-२०३२ को दशकलाई “ उज्यालो दशक” भनी ठम्याउनेछ।
- धनी अझ धनी हुनेछन, गरिब पनि धनी हुदैँ जानेछन् । तर उनीहरु बिचको दुरी कायम नै रहनेछ।
- जहिले काम मात्रै गरिरहने नेपालीको बानीले पारिवारिक जीवन बिगार्ने डरले यो सुध्रोस् भनेर नेपाल सरकारले कहिले काँहि आफैले नेपाल “बन्द” (घर बस अभियान) को घोषणा गर्नेछ।
- नेपालका प्राय: घरहरु सौर्य उर्जाले संचालित हुनेछन।
- नेपालको जनसंख्या घटने छ। (मर्ने भन्दा जन्मने कम हुनाले)
- २०३० मा नेपालीहरुले मलाई “नयाँ नोस्ट्राडामस (कथित भविश्यवाणीकर्ता)” भनेर घोषित गर्नेछन् तर म यो तुलनालाई सरासर अस्विकार गर्नेछु 🙂
तपाँईलाई यी मध्य कुन चाहिँ एकदमै मन पर्यो त?
तपाँईको २०३० मा नेपालको भविष्यवाणी तल थप्दै जाँदा कसो होला ! हेरौं तपाईको पनि सोचहरु अब
त नप्याउदोँ सोचहरु पनि सोच्ने बेला भइसकेको छ। कि कसो ?