Category Archives: nepali

नेपालीमा लेखहरु (in nepali language)

How to find some-one’s strengths (talent)? कसैको प्रतिभा थाहा पाउनको लागि ५ सुत्र

To a new person, instead of asking, “what do you do?” why don’t you ask “what do you love to do?”

Five Clues to finding a person’s Talent:

Yearning:

To find out the person’s “Yearning”, Ask, “What do you know you can do well, but haven’t yet done?” or, “If you had an entire week of your calendar open up and couldn’t work on previous commitments, what would you spend your time doing?”

Satisfaction:

To help learn what gives others satisfaction, Ask, “What sorts of activities do you finish and think, ‘I can’t wait to do that again’?” or, “What are you doing (at work or at play) when you’re truly enjoying yourself?”

Rapid Learning:

To shed light on these pathways, consider asking about a person’s learning. “What have you done well that you didn’t need explained?” or, “What activities do you execute naturally, but struggle to break down into steps for others?”

Glimpses of Excellence

Find out their glimpses of excellence by asking, “What have other people told you you’re great at doing?” or, “In your previous experience, what were you known for doing well?”

 Total Performance Excellence

Simply ask about times when all the pieces fell together. Do this by asking, “What are you doing when time seems to disappear?”

Try these questions today while hiring or getting to know some-one !

कसैको प्रतिभा थाहा पाउनको लागि ५ सुत्र:

कुनै पनि नया मान्छेसॅग परिचय गर्दा प्राय यसरी शुरु गरिन्छ -“अनि तपाँई के गर्नु हुन्छ ? ”
तर त्यसको सट्टा यसरी प्रश्न गर्दा कसो होला  -“तपाईँ के गर्न मन पराउनु हुन्छ?”

(चाहना – उत्सुक्ता):

कसैको चाहना वा उत्सुक्ता थाहा पाउन यस्तो सोध्ने कि ? “के कुरा जुन तपाईँले राम्ररी गर्नसक्छु भन्ने आत्मविश्वास छ जुन अहिलेसम्म गर्नु भएको छैन ?” वा “तपाईँ सँग यो हफ्तै पुरै खाली समय छ भने कसरी त्यो समय बिताउनु हुन्छ ?”

(संतोष):

कसैको संतोषको श्रोत थाहा पाउन यस्तो सोध्ने कि ? “के गर्दा तपाईँ संसारलाई भुल्न सक्नुहुन्छ ?” वा “के गर्दा मनै देखि आनन्द आँउछ ?” वा “के गर्दा फेरि फेरि पनि गरौँ गरौँ लाग्छ?”

 (छिट्टै सिकिहाल्ने):

छिट्टै सिकिहाल्ने क्षमता थाहापाउन यी प्रश्न सोध्नुहोस् न।
के कुरामा छिट्टै सिकिहाल्न सक्छन् भन्ने थाहा पा़उन यस्तो सोध्ने कि ?
कुन काम कुरा चाहिँ तपाईँ टपक्क टिपी (चाँडै) हाल्नुहुन्छ ? वा
कुन कुरा चाहिँ तपाईँले चाडै टिप्नुहुन्छ जुन अरुलाई सिकाउन चाहिँ गाह्रो पर्छ ?

 सर्वकृष्टताको झलक :

सर्वकृष्टताको झलक थाहा पाउन यो सोध्नुहोस् “बिगतका अनुभवमा तपाईँलाई अरुले के कुरामा राम्रा भनेका छन् ?” वा “तपाई बिगतमा के राम्रो कुराले चिनिनु हुन्थियो?”

 सर्वकृष्ठताका पूर्ण प्रदशन:

” तपाँईलाई आफ्नो समय गएको पत्तै नभएका केहि अनुभवहरु बाडँनुहोस् न?

आजै सोध्न थालम् कसैलाई काममा लिनको लागि होस् वा कसैबारे थाहा पाउन !

Original Post in English taken from here.

लुटेराको राज

Also read in English

एउटा चलचित्र चलिरहेछ नजिकैको सिनेमा हलमा। यसको मुल कथा यस्तो छ :

बिभिन्न गुण्डा समुहहरुले पालै पालो एउटा गाँउ लुटिरहेका छन् । गाउँ यसरी बारम्बार निचोरिदाँ निचोरिदैँ मरणाय स्थितिमा पुगिसकेको छ। अहिले पनि यिनै गुण्डाहरु बीच कस्‌ले अहिले लुट्ने र कति बढि लुट्नेमा भयंकर बिबाद चर्किराछ।

उता गाँऊलेहरु घुँडा टेकी टेकी हात जोडी जोडी गुण्डाहरुलाई नै गुहार गरिराछन् “हे प्रभु, अब त हाम्रो गाँउलाई छाडी देउ, हामी नाङ्गा भैसक्यौँ।” तर गुण्डाहरु उल्टै जाइ लाग्छन् “तँ को होस् र साले गधा, हामी सँग यस्तो माग राख्‍ने – चुप्प लागेर बस् तिमीहरु त भेडा हौँ हामीले जता डोहोरायो त्यतै जान्छस् बुझिस् !” अनि फनक्क फर्केर फेरि एक-आपसमा गाँउको भागबण्डाको मामलामा झगडा गर्न थाल्छन्। बिचरा लाचार गाँउलेहरु मनमा आगै बले पनि मुख भरि डर बोकी  टुलुटुलु हेरि बस्छन् , केहि बर्बराउँदै छन् – “हे ३३ कोटी देव-देवीहरु तल आऊ र हामीलाई बचाऊ न – अब त हामीले सकेनौँ !”

फेरि चलचित्रको दृष्य बदलिन्छ । नया दृष्य देखिन्छ – यिनै गुण्डाहरुको समुह अझै भागबण्डाको झगडामा ब्यष्त छन्। अन्तिम घडिमा पनि आरोप‍- प्रत्यारोप चलिरहेकै छ। हुँदा हुँदा त तिनै बिचारा गाँउलेहरुले पनि अब अनुरोध गर्न थाल्छन् – “मिल्नुहोस् न तपाँईहरु – बिन्ती छ यसरी गाँउलाई अब अन्योलमा नराख्‍नुस न” । तैपनि सुने नसुने गर्दै “तँ तँ र म म” गर्दै गरेको देखेर गाउँलेहरु लामो सुस्केँरा हाल्दै बर्बराउँछन् -“यस्तै हो… के गर्ने … ?”

फेरि दृष्य बदलिन्छ -
ओहो अचम्मै भएछ! सम्झौता गरेछन् यी लुटेरा समुहहरुले अन्तिम घडि आएर (जुन चाडैँ नै फेरि टुटाईहाल्छन् ईतिहाँस साँछी छ)। अनि अब यिनीहरु ताली बजाउदैँ नया सम्झौँता गाउँको माझ सुनाउँछन् ।
“गाँउले हो !  हामीले यो गाँउलाई बाच्न दिने निधो गर्यौ तर मात्र एउटा सर्तमा!
त्यो के हो भन्लास् – ल सुन् अब। हामी गुट क, ख र ग लाई पालै पालो एक एक बर्ष गरि यो गाउँ राज गर्न दिनैपर्छ तिमीहरुले। यसमा हामीलाई कसैले कुनै प्रश्न सोध्नेछैन। हामी कुनै किसिमले जवाफदेयी हुने छैनौ तिमीहरु नाथेसँग। यदि यो मान्दैनौ भने खबरदार ! यो पुरै गाँउलाई राख बनाएर छोडछौँ !”

गाउँलेहरु आफ्ना सुकुमार बच्चाहरु तिर हेर्छन्। अनि  विवश भएर लुथ्रुक्क घोप्टो परी लुटेराहरुको सबै माग स्विँकार्छन् । सबै मनमा यहि छ, “आफ्ना बाल-बच्चाको लाश देख्‍नु भन्दा त बरु यी सनकीहरुको दासै बन्नु बेस।”

गाँउमा एकछिनको लागि भने पनि शान्ति छाहन्छ । केही मुर्ख गाँउलेहरु त खुशीयाली पनि मनाउछँन् “आज ठुलो अनर्थबाट जोगियो”। अझ नतमस्तक हुदैँ धन्यवाद नै दिन जान्छन् तिनै लुटेराहरुलाई । के भन्ने !
तर धेरै जसो गाँऊलेहरु चाहिँ ओठ सिलेर बस्छन् -बेईज्जती अनुहार भरि छाएको छ।

अब चलचित्रको अन्तिम दृष्यमा पुग्छौँ हामी :
लुटेरा टोली “क” ले गाउँ माथि राज गरिराछ, तर पर्दा पछाडी गुण्डा टोली “ख” र “ग” ले सत्ताच्युत गर्न भयानक षडयन्त्र रचीराछन् । बिस्तारै दृष्य तिनै बिचरा गाउँलेको अनुहारमा ठ्याक्क पुग्छ – हरेक अनुहारले यहि अनुभुति दिईरहेको छ “के म अर्को बर्ष बाँच्छु होला? ”

यसैमा फिल्मको अन्य हुन्छ। हल भित्र चारैतिरबाट दर्शकहरु थपडी माथी थपडी, वाह माथी वाह थप्छन्। यस्तो दर्दमय कहानीले सबैको मन छुन्छ। कसैलै त चिच्याँउछ- “यो फिल्म त अवश्य हिट हुन्छ यार ! अर्कोले थप्छ “तर यस्तो कहानी यथार्थमा त कहाँ हुन्छ र, फिल्म न पर्‍यो !”

एकछिन् ! यथार्थमा  यस्तो हुँदैन रे ?

के तपाँईलाई यो कहानी हाम्रो नेपालको कहानी जस्तै लागेन भन्या? अहिलेको नेपालको वास्तविकता पनि यहि नै होइन र? यदि यो तर्क मान्नुहुन्छ कि यो नेपालको वास्तविकतामा आधारित कहानी हो भने हामी पनि टुलुटुलु हेरि बस्ने हो त कहानी भित्रका गाँउलेहरु जस्तै ? कि अब  हामीले नेपालको यस्तो कहानीको अनत्य फेर्ने हो ?

“कहाँ सकिन्छ  र” भन्नुभन्दा एकैछिन तल पढ्नुहोस् है।

हेर्नुहोस् हाम्रो देशको परिस्थिति बदल्न केवल एउटा मान्छे भए पुग्छ। २५०० बर्ष अगाडि हाम्रै गौतम बुद्धले गरेर देखाईसकेका छन् भने अहिले हामी किन यसरी अक्मकाईराछौँ भन्या ! यदि महात्मा गान्धी र मदर टेरेशाले छिमेकी भारतमा बकैदा सँग देखाई सके भने हामी के कारणलाई कुरि रा ?
अनि उत्तरमा चीनका देङ् जावोपिङ्‍‌गले करोडौँ चीनियालाई गरिवीको भुमरीबाट सम्बृद्धि तिर धकेले भने तपाँई हामी केकालाई कुरिराछौँ ! यदि उनीहरुले गरेर देखाए भने हामीले पनि अवश्य सक्छौँ !

हो, अहिले हामी सबै डराएका छौँ, दिक्क भा छौँ र आफ्नो आत्मसम्मान नै छानाबाट खस्या जस्तो लागी राछ होला । तर जुन दिन हामी यो डरलाई सामना गर्छौँ त्यो दिन देखि हामी जीतको बाटोमा हिडँनेछौँ ।

त्यसैले यो लडाँई आजै शुरु गरौँ । यहाँ तल केहि बाटोहरु लेखेको छु शायद तपाँईलाई यो संघर्ष शुरु गर्न मद्दत मिल्छ कि!

  • तपाईँ अद्वितिय हुनुहुन्छ । त्यसैले आफ्नै अद्वितिय तरिकाबाट अगाडि बढि रहनुहोस्। अनि कुनै समुहमा पनि आफ्नो अद्वितिय नेतृत्व दिनुहोस् । सफलता तपाँईले सोचेभन्दा नजिक छ ।

  • कुनै पक्ष लिन वा बदल्न नडराउनुहोस् तर आफ्नो अन्तरआत्माको बिपरित गएर चाहिँ होईन नि। मन बदल्नु प्राकृतिक हो।

  • पहिले आफ्नै ईस्ट-मित्रहरुलाई आफ्ना बिचारले जित्‍न कोशिश गर्नुहोस्। यदि यसैमा फेल खानु भो भने बाहिरका हुललाई कसरी विश्वासमा लिन सक्नुहुन्छ? आफ्नैलाई रिझाउनु नै सबैभन्दा गाह्रो खुडकिलो हो हाम्रो संघर्षमा।

  • लेख्‍नु, अझ लेख्‍नु, धेरै लेख्‍नु ! (पहिले गुप्‍तरुपमा प्रतिक्रिया लेखेर, त्यसपछि अलि ठुलो अनि अझ ठुलो समस्याकै हल दिने तर्कहरु लेख्‍नुहोस्। तपाईँको कलमले सोचे भन्दा धेरैलाई धेरै समयसम्म प्रेरणा दिन्छ। यसरी नै आफुलाई सक्षम नेतृत्वको बाटोतिर अझ धकेल्नु।

  • यदि तपाईँ बिधार्थी वा अनुसन्धानकर्ता हुनुहुन्छ भने यसो आफ्नो समाजका बारेमा ठोस अनुशन्धान गर्नुहोस् न । उदाहरणको लागि-  गाँउको स्थानिय निकायले के कति नागरिक उजुरीलाई वेवास्था गरिराछन् र किन? वा स्थानिय टोले क्लबले कसरी खर्च गरिराछन् र के मा? अनि यस्ता अनुशन्धान सुझाब सहित बकैदा ईन्टरनेटबाट फैलाउनुहोस् संसार भरि नेपाली माझँ। ठुलो ठुलो आँट्नु तर सानो-सानो जीतबाटै सुरु गर्नु !

  • आफुलाई जे कुरामा परिवर्तन चाहिएको छ , त्यसबारे एउटा सानो जमात बनाईहाल्नुहोस् । यदि गाँउको भविष्यको बारेमा पिर छ भने गाँउको भविष्य सोच्ने जमात बनाउनुहोस् । सफा नेतृत्व वा सफा टोल? सफा वातावरण वा सफा मन ? जे भए नि मन मिल्ने मान्छेहरु बटुलेर एउटा अभियान शुरु गरिहाल्नुहोस्।  समाज बदल्न उसको पुच्छर पकडेर होईन टाउको समातेर डोह्राउनु पर्छ ।

  • आफ्नो बाटोमा अडिग रहनु। एक-एकलाई परिवर्तन गर्दै अगाडि बढ्नु, त्यो ठुलो जमात त ढिलो चाडोँ पछि लागी नै हाल्छ, अहिल्यै किन आत्तिनुहुन्छ। अनि यस्तो संरचना बनाउनुस् जसमा परिवर्तन खोज्ने अरु साथीहरु पनि सजिलै हाम्फाल्न सकुन्। आफुलाई देशभक्त ओसार्ने पूल सम्झनुस्।

  • अन्त्यमा यदि नेतृत्व लिनै सक्नुहुन्न भने अरुको नेतृत्वको पछि जोशले लाग्नुस् न त। हेरक सफल नेतृत्वको शुरुवात पछाडि एउटा लागि पर्ने समर्थकको अविश्मरणीय हात हुन्छ ।


त्यसो भए साथी आजै बाट के गर्दै हुन्छ त तपाईँ यो देशको कहानीको अन्त्य बदल्नको लागी ?

Also read in English

२०३० मा नेपाल कस्तो होला ?

Read it In English here.

प्रायले मलाई सोध्छन् – भन न उज्वल, भविष्यको नेपाल कस्तो होला हँ ?  कसरी बदलिन्छ होला?
प्राय ठोडो उत्तर दिन्छु, “कहाँ बाट थाहा हुनु नि मलाई?” नत्र केवल हल्का मुस्कान दिदैँ भन्छु “ठिकै हुन्छ नि – राम्रै”। तर मन भित्र चाहिँ सोची रहन्छु नेपाल भविष्यमा कता जान्छ होला भनेर। आज त्यहि मनभित्रका सोचलाई ३० वटा भविष्यवाणीको रुपमा प्रस्तुत गरेको छु। ल पढौँ नेपालको स्वरुप सन २०३० मा।

२०३० मा…

  1. अहिलेका यी सबै भातमारा असक्षम नेताहरु जसलाई तपाँई तिव्र घृणा गर्नुहुन्छ वा थुक्नु हुन्छ – तिनीहरू बिलाउनेछन्। बरु हांमी मध्यबाटै सच्चा, लगनशील र अहिले सम्म कुनै राजनितिक पार्टीसँग आबद्द नभएकै नेतृत्वहरु हाबि हुने छन् त्यस बेला।
  2. त्यति बेलाको नेपालको सर्वश्रेष्ट १० व्यवसायहरु अहिले शुरु नै नभाकोहरु नै हुनेछन् ।
  3. काठमाडौँ छिर्नेहरु भन्दा छोड्नेहरु धेरै हुनेछन्।
  4. नेपालमा आउने धेरै जसो पर्यटक धार्मिक कारणले नै आउँछन्।
  5. नेपालको सबैभन्दा ठूलो निर्यात पानी हुनेछ। अन्तराष्ट्रिय शेएर बजारमा नेपालको पानी कुनै न कुनै रुपमा व्यापार हुनेछ।( अहिले तेलको भए जस्तै)।
  6. नेपाल पुलिसले पुरै बर्ष भरि ८५० भन्दा कम गोली चलाउने छ।
  7. ४ मा १ नेपालीको दोहोरो नागरिकता हुनेछ।
  8. नेपाल आई-सि-सि विश्‍व कप क्रिकेट को आयोजक बन्नेछ। यस बेला नेपालले नै जित्छ भन्ने मेरो विश्वास छ।
  9. पहाडी भेगका जग्गाको भाऊ तराई र उपत्यका भन्दा बढि हुनेछ।
  10. नेपाल, भारत र चीन बीच आवत-जावत गर्न भिसा चाहिँदैन। ( आहिले इयूरोपमा जस्तै )
  11. नेपाल, भारत, चीन र अरु केहि छिमेकी देशहरू सबैले एउटै मुद्रा प्रयोग गर्नेछन। चलनचल्तीमा रहने नोटहरु मध्ये कुनै एउटा नोटमा बुद्धको तस्विर राखिने छ।
  12. अन्तर-राष्ट्रिय विवाह जताततै हुनेछ  नेपालीहरुमा। बरु आफ्‍नै जात भित्र बाबु-आमाले जुराएर बिहा-बारी चाहिँ अत्यन्त न्युन हुनेछ। अझ, नेपालीहरुले पश्‍चिमी मुलूकका भन्दा पनि बढि चाइनिजहरु संग वैवाहिक सम्बन्ध गाँस्नेछन्, त्यस बखत।
  13. धारवाहिक टेली श्रृंखलाहरुको सट्टा हामी नेपालीले अनलाईन सामाजिक कम्पुटर खेलहरुबाटै मनोरञ्जन लिनेछौँ । कसैले पनि टेलिभिजन “हेर्ने“ छैनन् त्यस बेला।
  14. नेपालको सामाजिक संस्कृतिको बारेमा निर्णयाक भुमिका खेल्नेमा एउटा समलिङ्गी पनि हुनेछन्।
  15. “वीरचक्र” भन्ने जिम्मेवारी, भातृत्व र नैतिकतामा आधारित शिद्दान्त जुन हिन्दु -बौद्ध धर्मबाट उब्जिएको हुन्छ – यसलाई केहि प्रभावशाली नेपाली र विदेशीको जमातले अँगाल्नेछन् र देश-बिदेशमा सकारात्मक परिवर्तन गर्नमा टेवा पुर्‍याउँनेछन्।
  16. प्रमुख समाचारमा कवि, कलाकार र ब्लगर(लेखक)जस्ताको चर्चा बढी हुनेछ।
  17. सबै नेपालीहरु २४ सै घण्टा ईन्टरनेटमा रहनेछन्, आई-फोन मोबाईल फोन भन्दा १०० गुना बढि शक्तिशाली आधुनिक उपकरण बोकेर (सिधै आँखाको नानीमा लाउन मिल्ने)। यसको ब्याट्री कहिलेपनि सकिँदैन।
  18. कान्तिपुर, नागरिक, हिमाल र हिमालयन टाईम्स जस्ता पत्र पत्रिकाहरुको सट्टा सिधै तपाईँले आफूले सम्मान गर्ने वा मन पर्ने व्यक्तित्वहरुको प्रस्तुति वा समाचार पाँउनुहुनेछ उनीहरुबाटै र यो २४ घण्टा ७ दिनै तपाईँले पढ्न, हेर्न पाउनुहुनेछ कहिले नछुट्नेगरि।
  19. नेपालमा वयस्कहरुको लागि भनेर खोलेका चलचित्र व्यवसाय फस्टाउनेछन्।
  20. नेपाली नागरिकता नेपालमा जन्मेको आधारमा मात्र नभई योग्यताको आधारमा पनि पाईनेछ।
  21. नेपालले अनुदानको भिक माग्‍नु भन्दा बढि अरु राष्ट्रलाई सहयोग गर्न थाल्नेछ विशेषगरी “पानी” अनुदान दिएर।
  22. नेपाल हिमालले भन्दा त यहाँ पानी संकलन गर्न बनाइएका हजारौँ मनोरम मानव तालले प्रख्यात हुनेछ।
  23. महिला अधिकारको बिषयमा कुनै विवाद नै रहने छैन। बरु विवाद ईन्टरनेटबाट बाहिरिएर बस्न पाउने हक-अधिकारको लागी वा अन्य जीव-जन्तीका अधिकारको लागी हुनेछ।
  24. एउटा सानो “आफूलाई शुद्ध नेपाली” ठान्ने विदेशी बिरोधी समुहले मिश्रित नेपाली र नेपालमा बसेका बिदेशी बिरुद्ध आक्रमक “शुद्धिकरण” अभियान सुरू गर्न प्रयास गर्नेछन्।
  25. इतिँहासले २००२-२०१२ को दशकलाई “हराएको दशक”, २०१३-२०२२ को दशक लाई “उफ्रेको दशक” र २०२३-२०३२ को दशकलाई “ उज्यालो दशक” भनी ठम्याउनेछ।
  26. धनी अझ धनी हुनेछन, गरिब पनि धनी हुदैँ जानेछन् । तर उनीहरु बिचको दुरी कायम नै रहनेछ।
  27. जहिले काम मात्रै गरिरहने नेपालीको बानीले पारिवारिक जीवन बिगार्ने डरले यो सुध्रोस् भनेर नेपाल सरकारले कहिले काँहि आफैले नेपाल “बन्द” (घर बस अभियान) को घोषणा गर्नेछ।
  28. नेपालका प्राय: घरहरु सौर्य उर्जाले संचालित हुनेछन।
  29. नेपालको जनसंख्या घटने छ। (मर्ने भन्दा जन्मने कम हुनाले)
  30. २०३० मा नेपालीहरुले मलाई “नयाँ नोस्ट्राडामस (कथित भविश्यवाणीकर्ता)” भनेर घोषित गर्नेछन् तर म यो तुलनालाई सरासर अस्विकार गर्नेछु :)

तपाँईलाई यी मध्य कुन चाहिँ एकदमै मन प‍र्‍यो त?
तपाँईको २०३० मा नेपालको भविष्यवाणी तल थप्दै जाँदा कसो होला ! हेरौं तपाईको पनि सोचहरु अब त नप्याउदोँ सोचहरु पनि सोच्ने बेला भइसकेको छ। कि कसो ?

Read it In English here.

म त गुरु मान्दिन

गुरु हुनुहुने साथीहरुले चित्त नदुखाई पढिदिनुहोला :

म त गुरु मान्दिन

हातमा लौरो बोकेर
टेबुलमा ठोकेर
हाम्रो सातो लानेलाई
नपढाई जानेलाई
म त गुरु मान्दिन
झुक्न पनि जान्दिन !
प्रश्न सोध्नै नदिने
हाम्रा कुरै नसुन्ने
तँ भनेर हेप्नेलाई
सधै मुर्ख देख्नेलाई
म त गुरु मान्दिन
झुक्न पनि जान्दिन !
स्वस्थ्य शिक्षा पढाउने
आफै धुवाँ उडाउने
फोहोर लुगा लाउनेलाई
सधै ढिला आउनेलाई
म त गुरु मान्दिन
झुक्न पनि जान्दिन !

 

शिशिर ढकाल
कक्षा -८ , ब्लुमिंङ् स्कलर एकेडेमी
अनामनगर

फेसबुकका पोस्टहरुबाट साभार गरिएको यो लेख हो। धन्यवाद रवीन्द्र मिश्रलाई, ध्यानआकर्षण गरिदिनुभाकोमा।