पुरानो बोटलको रक्सि र सम्बन्धन प्रक्रिया – ( डक्टर गोविन्द केशी )
सबै सार्वजनीक संस्थानहरुमा राजनितिक दल तथा नेताहरुले आफ्ना कार्यकर्तालाईनै पदाधिकारी वनाउने र अरु कार्यकर्ताहरुलाई जागीर दिलाउने केन्द्र बनाई दुही खाने भाडो वनाएकोले धेरै सफल र गुणस्तरी सेवा दायी सार्वजनीक संस्थानहरु धराषायी बनाएको ठूला ठूला उदाहरण त आँखा अगाडी नै छन् । महत्वपूर्ण संस्थानहरु मध्ये राजनैतिक हस्तक्षेप तथा चलखेलको कारणले धराषायी भएको उदाहरण केही समय अघि सम्म दक्षिण एसियामै सवैभन्दा प्रतिष्ठित र नेपालको सवै भन्दा ठूलो र पुरानो स्वास्थ्य संस्थान त्रि.वि.चिकित्सा शास्त्र अध्ययन संस्थान तथा शिक्षण अस्पताललाई लिन सकिन्छ । राजनैतिक कृपा तथा भागवण्डाबाट नियुक्त भएका यस संस्थानका पूर्व उच्च पदाधिकारीहरुले परिक्षामा धाधली शैक्षिक, प्रशासनिक तथा आर्थीक क्षेत्रमा अनियमितता तथा भ्रष्टाचार (नेपाल सरकारको उच्च छानविन समितिले दोषी ठह¥याएको) मात्र गरेनन् आव४ राजनैतिकदल, नेता र कृपाबाटै आएका त्रि.वि.का उच्च पदाधिकारीहरुको मिलेमतोमा धान्न सक्ने भन्दा अनेकौ ज्यादा मेडीकल कलेज तथा अरु कलेजहरुलाई सम्वन्धन दिए र पूर्वाधार विना नै भर्ना सिट संख्या पनि ज्यादा दिए र विशेषज्ञ कोर्ष खोल्न अनुमति दिई यस संस्थानबाट प्रदान गरिने स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षामा ह्रास आई संस्थानलाई धराषायी बनाए ।
तिनै पूर्व पदाधिकारीहरु अहिले पनि काला ब्यवसायीहरु राजनैतिक दल नेता र सरकारका केही उच्च पदस्थ पदाधिकारीहरुको अपवित्र गठवन्धन गरी हालका स्वच्छ प्रक्रियाबाट आएका यस