आज नेपाल बन्दको दिन। स्कुटरमा पुतलीसडक जाँदै थिएँ। बाटोमा हिँडिरहेका एक जना बुढा अघि रोके । “दाई जाने हो, लिफ्ट दिन्छु” । बुढा हाँस्दै भने, “म त नजाने, हिँडनै मज्जा छ”। ठिकै छ भनेर अलि अघि गए। अगाडि महिलाहरु हिँडी रहेका रहेछन्। तर सोध्ने आँट आएन। फेरि “लिफ्ट दिन्छु’ भन्दा अन्यथा सम्झि “झाप्पु” खाईयो भने? खुरुक्क अगाडि बढेँ।
अनि फेरि एउटा युवा एक्लै सुस्तरी हिँडि रहेको फेला पारे। उसलाई त्यहि सोँधे। दंग परेर स्कुटर चढि हाल्यो त्यो भाई । चढ्न साथ उसले भने “आहा दाई, ढुँगा खोज्दा देवता मिले जस्तै भयो यो त।”
कुरो के रैछ भने त्यो भाई कलंकीबाट चक्रपथ महाराजगंज सम्म हिँडेर आएका रैछन्। खुट्टा बेस्कन थाकेको रहेछ।
‘घर कहाँ हो भाई” मैले सोधे।
‘तनुहँ’।
उसले फ्याट्ट सोधे, “दाई मुसलमान हो?”
म हाँस्दै भने ” किन र भाई?
‘तपाईको दाह्री देखेर’। म झन हाँसे। मैले हेल्मेट र मास्क लगाएको थिएँ। उसले मेरो अनुहारमा दाह्री मात्र देखेको रहेछ। दाह्रि = मुसलमान भनेर बुझ्दा रहेछन् आजकल पनि गाँउ ठाँउमा।
अगाडि बढ्दै गर्दा मैले सोधेँ,
“अनि किन त्यत्रो लामो हिँडेको त भाई?”
“आज महत्वपूर्ण अन्तर्वार्ता थियो साउदी
Continue reading आजको नेपाल बन्दको दिन →